नेपाली समय: १२:२७:४९ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

मन्त्री नेम्बाङको कमाल: फेरिए काठमाडौंको सडक

निर्माण सञ्चार, २८ फागुन, काडमाडौं । देशको राजधानी हो काठमाडौं । धुलो र हिलोले घेरिएको काठमाडौंका सडकको अहिले भने स्वरुप फेरिन थालेको छ।

बिगतका वर्षहरुमा स्रोत र साधन हुँदाहुँदै पनि सडकको खाल्डाखुल्डी भर्ने र मर्मतका कामले सोचाई अनुरुप प्राथमिकता पाउदैनथे। 

हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे काठमाडौंका टोल–टोल, गल्ली–गल्लीमा आवतजावतमा निकै नै कठिनाइ हुन्थ्यो। एउटै सडकमा सयौं खाल्डाखुल्डी हुन्थे। कतिपय ठाँउका सडमा स्थानियले बर्सातमा रोपाइ समेत गरेको देखिन्छ । 

चालू आर्थिक वर्षको पछिल्लो समयमा राजधानीका सडकका अधिकांश खाल्डाखुल्डी पुरिएका छन्। 

हिलो र धुलो समस्या हट्दै गएको छ। असोजयता काठमाडौंका सडकहरु विस्तारै विकसित राष्ट्रका सहरका सडकहरु जस्तै देखिन लागेका छन्। पेन्टिङ र मार्किङ तथा जेब्राक्रसहरु देखिन थालेका छन् । ट्राफिक लाइटहरु बन्न थालेको छ। बितेको तीन महिनामा काठमाडौंका मुख्य मुख्य सडकगरि साढे नौ हजार खाल्डाखुल्डी परिएका छन्।

के नेतृत्वले कसेको हो, कसरी भयो त काम सम्भब ?

करिब ११ महिनाअघि सडक विभागको नेतृत्व सम्हाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आइपुगे।

उनले विभागको जिम्मेवारी सम्हाल्दा अरुले जस्तो कुनै आयोजनाको फाइलमा हतात हतार हस्ताक्षर गरेनन्। बरु कलंकी–नागढुंगा सडकलाई’ प्रेष्टिजु बनाए। त्यही वर्ष काम पूरा गर्ने अठोट गरे, र पदभार ग्रहण गरेकै दिन अनुगमनमा निस्किए। 

शर्मा सम्झन्छन् भेरिफिकेशन अर्डर नगर्दिएको अवस्था रैछ। कन्ट्रयाक्टरलाई पनि केही समस्या परेको रहेछ। पहिले त्यो सल्टाएँ।’

महासेठले गर्न नसकेको काम सम्पन्न गर्लान त मन्त्री नेम्बाङ ?  

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको कार्यशैलीमाथि लामो समय धेरै प्रश्न तेर्सिरहेका थिए। 

महासेठको काम गराईले कर्मचारीहरुमा उत्साह मर्दै जान थालेको गुनासो र पूर्वाधार निर्माणको थचिलो स्वरुपलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले नँया नेतृत्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवमरी बसन्त कुमार नेम्बाङ दिएका थिए ।पाँच वर्षदेखि पूरा हुन नसकेको आयोजना मन्त्री नेम्बाङले केही समयमा पूरा गरेका छन् । 

ठूलो उपलब्धि हासिल गर्न नसकेपनि उपत्यकाका सबै सडक हिड्न लायक बनाउने अभियानसहित काम भइरहेको शर्माले बताए। 

सडक विभागको क्षेत्राधिकारभित्र पर्ने सबै सडक मर्मतको योजनामा काम सुरू भयो। उपत्यकामा करिब ९ सय किलोमिटर सडक छ। जसमा करिब ४ सय किमि सडक विभाग र बाँकी प्रदेश तथा स्थानीय तहले हेर्छन्।

गत वर्षसम्म करिब चार अर्ब विनियोजन गरिने ठाउँमा ८ अर्ब विनियोजन भयो। काठमाडौंका सडक मर्मत गर्न छुट्टै बजेट समेत छुट्याइयो।

सडक बोर्डका लागि करिब ८ अर्ब रुपियाँ बजेट विनियोजन भयो। सडक विभागले ६ अर्ब देशभरका सडकहरु मर्मतका लागि बोर्डबाट पायो। काठमाडौंका लागि बढी चाहिन्छ भनेर डेढ अर्ब रुपयिाँ छुट्याइयो।

सडक विभागले साउन १ गते सबै आयोजना र कार्यालयहरुलाई चिठ्ठी लेख्दै दोस्रो हप्ताभित्र मर्मत सम्भारका लागि ुबिड डकुमेन्टु तयार पारेर टेण्डर निकाल्न निर्देशन दियो।

‘भदौभित्र सम्झौता गरेर दशैं अगावै काम सुरु गर्न निर्देशन दिए,’ शर्माले भने, ‘बजेटका लागि कुनै चिन्ता छैन यो डिजीको अर्डर हो भनि लेखि पठाएको थिए। 

अधिकांश सडक मर्मत, खाल्डाखुल्डी पुर्ने, ओभर लिएर गर्ने काम धमाधम भयो। यो अवधिमा २४ हजार ३ सय वर्ग किलोमिटर सडकको करिब ९ हजार ५ सय खाल्डाखुल्डी पुरिए। ३७ किमी सडक कालोपत्रे भयो भने ८५ किलोमिटर गर्ने लक्ष्य छ। 

विभागका अनुसार कतिपय काम छिटो हुन्थ्यो। धेरैपटक टेण्डर निकाल्दा पनि ठेक्का नै लागेन। ग्राण्डी हस्पिटल जाने सडकमा अझै ठेक्का लागेको छैन्। तीनर चार पटकसम्म पनि ठेक्का नलागेपछि विभागले आफ्नै तरिकाले काम गर्न लागेको छ।
‘हिजोआज सय दिन गरेर काम भएको होइन। पहिलेदेखि नै काम भएको हो, तर यसलाई गति भने दिएको पक्कै हो,’ शर्माले भने।

काठमाडौं चक्रपथ दोस्रो खण्ड कलंकी–चाबहिल (गोपीकृष्ण हल छेउ) खण्ड ८ लेनमा विस्तार गर्न चिनियाँसँग द्धिपक्षीय सम्झौता (एमओयु) भइसकेको थियो। तर चक्रपथ भने ठाउँ ठाउँमा खाल्डाखुल्डी थियो भने अधिकांश चर्किएको थियो। 

‘एक टोलीलाई खटाएँ। म विशेष हेर्छु भनेर दिउँसो काम गर्न सकिने अवस्था थिएन, राति राति काम गर्‍यौं,’ शर्माले भने, ‘चिनियाँले बनाइदिने भएपनि हिड्न लायक अवस्थामा मेन्टेन गरेर त राख्न पर्‍यो नी।’

सडक विभागका अनुसार यो खण्डमा अत्यन्तै  प्रविधिक तवरले ध्यान पुर्‍याइएको छ। ‘स्याण्ड सिलु मार्फत ‘ओभर(लेु र  खाल्डाखुल्डी पुर्ने काम गरिएको छ। जसअनुसार अलकत्रा छर्कने र त्यसमाथि ‘मेटेरियलु राखेर सिल गरिन्छ। जुन न्युनतम एक वर्ष टिक्छ। उपत्यकाबाट धेरै सवारीसाधन बाहिर जाने सबैभन्दा ठूलो बसपार्क अघिल्तिर सधैं खाल्डाखुल्डी हुन्थ्यो, यो वर्ष भने सुध्रिएको छ।

अहिले भने सडक विभागले विदेशी पाहुनाहरु हिड्ने सडकलाई सधैं मेन्टेन गरेर तयारी अवस्थामा राखेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलहरु जाने सडक तयार छ। विमानस्थलबाट बानेश्वर हुँदै त्रिपुरेश्वर र कालीमाटी भएर सोल्टी होटल पुग्ने सडक राम्रो बनाइएको अवस्थामा छ।

त्रिपुरेश्वरबाट राष्ट्रपति कार्यालय शीतल निवास जाने सडक नारायणगोपाल चोकसम्म सडक तयार छ। शीतल निवासबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्ने सडक मेन्टेन गरिएको छ।

पुतलीसडकमा भने बाँकी नै छ। त्यहाँ खानेपानी र ढलको लिकेजका कारण काम गर्न नसकिएको सडक विभागका इन्जिनियरहरुको भनाइ छ। ‘भोलि नै डोनाल्ट ट्रम्प र पुटीन आए भनेपनि अस्तिको जस्तो रातारात काम त गर्न पर्दैन,’ शर्माले भन्छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा रातारात काम गरेर सडक तयार पारिएको थियो। अब त्यसरी आत्तिएर काम गर्नुपर्ने अवस्था नभएको उनको दाबी छ।

यो वर्ष जाडोमा पनि पीच

यो वर्ष जाडोयाममा समेत कालोपत्रेको काम रोकिएन । बितेका वर्षहरुमा जाडोयाममा तापक्रम नपुग्ने र नटिक्ने भन्दै पीच गर्न रोकिन्थ्यो।

‘मालको तापक्रम १८० पुर्‍याएर ल्याउ। त्रिपालले छोपेर ल्याउ। १०० डिग्रीमा हाले मज्जाले टिक्छ भनेर निर्देशन दिएँ, उनले भने, ‘जाडो महिनामा पनि दिउँसो दिउँसो सधैंजसो काम भयो।’

साथै सडक विभागले अनुगमनमा समेत कडाइ गरेको छ। विभागका महानिर्देशक आफैं नियमितजसो साइटमा जान्छन्।

ुम साइटमा जानुको अर्थ डिजी आउँछ भनेर काम गर्ने हौसला बढ्छ भने कमसल निर्माण सामाग्री प्रयोग गर्न डराउँछन्,ु शर्माले भने, ‘म प्राय एकपटक साइटमा पुग्छु।’

नयाँ मन्त्रीको साथ 

मन्त्रीहरुको कामप्रति बिभिन्न क्षेत्रबाट आलोचना हुन थालेपछि केही अघि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल फेरबदल गर्ने निर्णयमा पुगेका थिए। 

फेरबदलमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि परे। महासेठलाई मन्त्रीको जिम्मेवारीबाट हटाउदै वसन्तकुमार नेम्बाङलाई दिइयो।

मंसिर ५ गते कार्यभार सम्हालेका नेम्बाङले कर्मचारीलाई निर्देशन दिएनन्। बरु कर्मचारीको सहयोग नभए आफू असफल हुने भन्दै सहयोग मागे। आफूले कर्मचारीसँग कामको मात्रै अपेक्षा गर्ने उनले बताएका थिए। 

विभागका एक इन्जिनियरका अनुसार अघिल्ला मन्त्री महासेठसँग सानो काम गर्दा पनि सोध्नु पर्थ्यो भने सरुवामा, कुनै आयोजना सम्झौदा होस वा ठेक्कापट्टामा समेत सिधा हस्तक्षेप गर्थे। जसका कारण कतिपय आयोजनाहरुमा ढिलाइ हुन्थ्यो। त्यसैले उनीसँग काम गर्न कर्मचारी हच्किन्थे।

नेम्बाङले जिम्मेवारी सम्हालेलगत्तै होटल हिमालयमा मातहतका कर्मचारीलाई दुई दिन राखेर ुरिजल्ट ओरियन्टेडु हुन भने। आफूले कहीँ कतै सरुवा,बढुवा, ठेक्कापट्टामा कुनै हस्तक्षेप नगर्ने, तर काम हुनुपर्ने बताएका थिए। 

‘अहिले काम गर्न एकदमै सजिलो वातावरण छ। पहिले जस्तो छैन। काम त हुने नै भयो,’ एक इन्जिनियरले भने। मन्त्री आफैं पनि अनुगमन जाने गरेका छन्। अहिले उनले ‘राम्रो काम गरेकोु भन्दै जनस्तरमा समेत चर्चा बटुलेका छन्। 

उपत्यका बाहिरका आयोजनाहरुमा समेत विगतको तुलनामा कामले गति लिएको विभागको दाबी छ।

एकातिर जहाँ सडक विभाग खाल्डाखुल्डी पुरेर सडक चिल्लो पार्न लागिपर्‍यो, त्यही सरकारले झिकाएका ब्रुमरु ले पनि सघाए। राति राति मुख्य सडकहरूको धूलो सफा गर्दै जाँदा हिजोआज माइतीघर, पुतलीसडक, बानेश्वर र दरवारमार्ग क्षेत्रमा पहिले जस्तो धुलाम्य अवस्था छैन। 

ब्रुमर ल्याएयता काठमाडौं महानगरपालिकाले वर्षदिनमा साढे पाँच हजार टन धुलो संकलन गरेको छ। कामनपा ब्रुमरलाई अब महानगरका भित्री सडकमा पनि परिचालनको तयारीमा छ। भित्री सडकका खाल्डाखुल्डी परिएसँगै ब्रुमर त्यता पनि धुलो उठाउन गुडिरहेको देखिने छन्।  

यही अवधिमा मेलम्ची आयोजनाले पनि खनेका ठाउँमा पाइप बिच्छ्याएर पुर्ने काम गरिसकेको छ। 

यतिबेला पोलका तार व्यवस्थित गर्न महाराजगञ्ज एरियामा विद्युत प्राधिकरणले काम गरिरहेको छ। तार भुमिगत बनाउन सडक जथाभावी न्नुको साटो उपकरण झिकाएर निश्चित क्षेत्रमा घेरा बनाइ काम गर्न थालेकाले पनि सडक पहिले पहिलेका यस्ता कामको तुलनामा धुलाम्य हुन पाएको छैन।  

 

०००



प्रकाशित: २०७६ फाल्गुण २८
March 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार