कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?
निर्माण सञ्चार, ११ वैशाख, काठमाडौं । कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण विश्व अर्थतन्त्र सबैभन्दा नाजुक अवस्थामा पुगेको विश्व बैंकको विश्लेषण छ ।
उसले विश्वमा देखिएका केही महामारीको सापेक्षतामा पछिल्लो एक शताब्दीयताकै सबैभन्दा नाजुक मोडमा विश्वकै अर्थतन्त्र पुगेको ठम्याएको हो ।
विश्व बैङ्कका देशीय प्रबन्धक फेरिस हदाद (एफएच) जार्भोसले आउने केही अझै विश्वका धेरै मुलुकहरुले आफ्नो कुल गार्हस्थ उत्पादनमा गिरावट झेल्नु पर्ने बताएका हुन् ।
उनका अनुसार सन् २०२० को आर्थिक बृद्धिदर झन्डै आधा शताब्दी यताकै सर्वाधिक खराब रहने छ ।
केही आर्थिक सञ्चाकर्मीसँग भएको भिडियो कन्फेरेन्समा उनले यस्तो कुरा बताएका हुन् ।
दक्षिण एसिया र नेपालकै सन्दर्भमा पनि उनले यस्तो प्रक्षेपण गरेका छन् ।
उनले भने, ‘विश्वकै सन्दर्भमा यो कुरा लागू हुन्छ । विश्वसहित दक्षिण एसिया र नेपालका हकमा चालू र आउने केही वर्षसम्म कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कमी आउने अनुपात उल्लेख्य रहने छ ।
यस अघि (कोरोना महामारीभन्दा पहिला) विश्वबैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान गरेको थियो । सोही अनुसार अपेक्षा राख्दै आफ्ना योजनाहरु तय गरिएका थिए । उनले थपे, तर कोभिड–१९ संक्रमण पछि यो क्षेत्रको वृद्धिदर (सन् २०२० का लागि) १.८ देखि २.८ प्रतिशतका बीचमा रहने देखिन्छ । यो भनेको विगत चालीस भन्दा केही बढी वर्षकै सर्वाधिक नाजुक वृद्धिदर हो ।
तर, उनले आउँदो आर्थिक वर्ष (सन् २०२१) मा भने केही सुधार हुने बताए । आव २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशत जस्तो मध्यम स्तरमा मात्र रहने छ ।
‘नेपाल दुई ठूला छिमेकीहरूको बीचमा छ । तर, कुरा के हो भने दुवै छिमेकीहरूको समेत आर्थिक वृद्धिदरमा ठुलै गिरोवट आउने छ । जसका कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत नकारात्मक असर पार्नेछ,’ उनको भनाइ छ ।
। महामारी र आर्थिक गिरावटको एक आँकडा
प्रकाशित: २०७७ बैशाख ११
कतिसम्म गिरावट आउन सक्छ जिडिपी ?
विश्व बैंकका अनुसार कोरोना महामारीले सबैभन्दा बढी प्रभावित मुलुकको कुल गार्हस्थ उत्पादनमा औसत ८.७४ प्रतिशतसम्म गिरावट आउने छ । यसले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको विश्वबैंकको ठहर छ । यसअघि पनि महामारी थिए तर पनि तिनको फैलावट क्षेत्र तुलनात्मक रुपमा थोरै भएकाले त्यतिबेला ती महामारीका अवधिमा भने अर्थतन्त्रमा समेत कमै प्रभाव परेको थियो ।महामारीहरु र अर्थतन्त्रमा प्रभाव
यसअघि सन् २०१४–१६ सम्म इबोला महामारी फैलिएको थियो । यसबाट अति प्रभावित मुलुकको जिडिपीमा ८.१४ प्रतिशतसम्म गिरावट आएको थियो । स्मरणरहोस्, त्यतिबेलाको इबोलाको मुख्य असर भनेको अफ्रिकी मुलुक बढी थियो । त्यस्तै, यो एक शताब्दीयता सबैभन्दा बढी प्रभाव पारेको अर्को महामारी स्पेनिस फ्लु हो । यसले सन् १९१८–२० मा चीन, भारत, इण्डोनेसिया, रसिया र अमेरिकालाई सबैभन्दा प्रभावित बनाएको थियो । यो फ्लुले कोभिड जस्तै संसारभर असर पारेको थियो । त्यतिबेला यसले विश्व अर्थतन्त्रको वृद्धिदर शून्यभन्दा तल झरेको विश्व बैंकले सार्वजनिक गरेको थियो । यही सन्दर्भमा कोभिड १९ को असरबारे विश्वबैंकले मूल्यांकन गरेको छ । विश्व बैंक अनुसार नेपालमा कोरोनाको आर्थतन्त्रमा आसर नराम्रै गरी देखिने छ । चालु आर्थिक वर्षमा १.५ प्रतिशतदेखि २ं.८ प्रतिशतसम्म रहने अनुमान गरिएको थियो । उसका अनुसार कोरोनाले सरकारहरुले गरेको अनुमानभन्दा धेरै गहिरो संकट पार्ने छ । र, आउने २४ महिनासम्म अर्थतन्त्रमा कोरोनाको असर न्यूनीकरण गर्नैमा ठूलो प्रयास लाग्ने। महामारी र आर्थिक गिरावटको एक आँकडा
- स्पेनिस फ्लु (१९१८–२०) ०.८२ प्रतिशत
- सार्स (२००२–४) ३.०५ प्रतिशत
- स्वाइन फ्लु (२००९–२०१०) २.६४ प्रतिशत
- मार्स (२०१२) ३.६९ प्रतिशत
- इबोला (२०१४–१६) ८.१४ प्रतिशत
- कोभिड १९ (२०१९–२०) ८.७४ प्रतिशत
प्रकाशित: २०७७ बैशाख ११
April 23rd 2020
प्रतिक्रिया दिनुहोस्