काठमाडौंमा भूकम्पको धक्काः दोलखा केन्द्रबिन्दु, ५.३ रेक्टरस्केल मापन
निर्माण सञ्चार, ३१ वैशाख, काठमाडौं । काठमाडौं र आसपास क्षेत्रमा मंगलबार राति ११ः५४ बजे भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्रले जनाए अनुसार उक्त भूकम्प दोलखालाई केन्द्र बिन्दु बनाएर गएको थियो जसको मापन ५.३ रेक्टर स्केल गरिएको छ ।
भूकम्पबाट खासै कुनै क्षति भएको जानकारी नपाएको र दोलखाको जुगुलाई केन्द्र बनाएर भूकम्प गएको केन्द्रले बताएको छ ।
०००
प्रकाशित: २०७७ बैशाख ३१
०००
प्रकाशित: २०७७ बैशाख ३१
May 13th 2020
प्रतिक्रिया दिनुहोस्