नेपाली समय: ११:११:३८ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणा

निर्माण सञ्चार, २ जेठ, काठमाडौं । करिब ७ दशकदेखि विवादको खेती बनाइँदै आइएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने सरकारले घोषणा गरेको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् । 

नीति कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्नेबारे उल्लेख पनि छ । 

राष्ट्रपतिले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

केही दिन अघि भारतले चीनस्थित मानसरोवर जाने बाटो भन्दै नेपाली जमिन लिपुलेकमा एकपक्षीय हिसाबले सडक खनेको छ । 

नेपालमा भारतको उक्त कदमो तीव्र विरोध भइरहेको छ ।

यसै बीच सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने समेत सरकारले अघि सारको छ । 

हालको राजनैतिक नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैनन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न पनि निर्देशन दिसकेको छ । 
यस्तो अवस्थामा सरकारले नीति कार्यक्र मार्फत् नै छुटेको जमिनहरु समेटेर नक्सा ल्याउने भनेको छ । 


०००

पढौं यी पनि

वैदेशिक रोजगारी गुमाएकालाई प्राथमिकताः ‘स्टार्टअप’ युवा उद्यमीलाई सुरुवाती पुँजी दिइने

नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (LIVE)

नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने

 



प्रकाशित: २०७७ जेठ २
May 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार