नेपाली समय: १०:०८:४२ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

कोरोना जितेकी पहिलो बालिकाः जसलाई फूलमाला सहित पठाइयो ‘घर’

निर्माण सञ्चार, ९ जेठ, बाँके । कोरोनाले कसैलाई छाडेन । मानव सभ्यताको यो कालखण्डमा बालबालिकाहरु पनि कोरोनाको निशानामा परेका छन् । विश्वभर नै महामारीले धेरैको जीवन अन्त्य समेत गरिसकेको छ । 

तर, नेपालमा यी बालिका जसले कोरोना जितेर धेरैको मन खिच्न सकेकी छन् । उक्त घर पठाइ कार्यक्रममा सबैका आँखा भने कोरोना जितेकी यिनै ७ वर्षे बालिकामाथि परेका थिए । 

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेशनमा उचाररत २१ जना डिस्चार्ज भई घर जाने मध्ये यी बालिका पनि परेकी छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले दिएको जानकारी अनुसार उनीहरु सबैको ३ पटकसम्म कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनीहरुलाई आज घर पठाइएको हो । 

नेपालमा हालसम्म कोरोना जितेर घर फर्कनेको संख्या ७० पुगेको छ। 

अस्पतालबाट घर पठाउने बेलामा उनीहरु सबैलाई कोरोना विशेष आइसोलेशन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर घर पठाएका थिए ।


०००

 

कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु, कोरोना जितेर आजै फर्किए ४ जना घर



प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार