कोरोना संक्रमणबाट भयो तेस्रो मृत्यु
निर्माण सञ्चार, ८ जेठ, काठमाडौं । एकै व्यक्तिलाई दु–दुई पटक मृत्यु भएको भन्ने समाचार खुस्किरहँदा अन्ततः गुल्मीका ४१ वर्षे शिक्षक कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा तेस्रो व्यक्तिमा दर्ज हुन पुगेका छन् ।
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
निमावि स्कुलका प्रधानाध्यापक रहेका उनको कोरोना पुष्टिभएसँगै आइसियु कक्षमा भेन्टिलेटर सहित उपचार गर्नु परेको थियो ।
उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए ।
चार जनाले जिते कोरोना
आजै ४ जना भने कोरोनामाथि जित हासिल गरेर घर फर्केका छन् । काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका उनीहरुलाई उपचार पछि बिहीबार डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला रहेका छन् ।
गत वैशाख ३१ गते उपचारका लागि भर्ना भएमध्ये आज सफल उपचारपछि घर फर्किनेमा एक जना सशस्त्र प्रहरी समेत रहेका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणमाथि विजय हासिल गरी घर फर्कनेको संख्या ४९ पुगेको छ । संक्रमितको संख्या बिहीबार अपराह्न ४ः३० बजेसम्म ४५३ पुगेको छ ।
यता सरकारले भने उपत्याकाका सबै नाका सिल गरेको छ । संक्रमणको जोखिम बढेपछि काठमाडौं, भक्तपुर, ललितपुर छिर्ने सबै नाकाहरु अब सिल भएका छन् ।
०००
प्रकाशित: २०७७ जेठ ८
कोरोना जितेकी पहिलो बालिकाः जसलाई फूलमाला सहित पठाइयो ‘घर’
प्रकाशित: २०७७ जेठ ८
May 21st 2020
प्रतिक्रिया दिनुहोस्