नेपाली समय: ०३:५१:१५ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

लकडाउनले फास्ट ट्र्रयाक निर्माण प्रभावितः निर्माण कार्य दोस्रो चरणमा पुगेको आयोजनाको दाबी

नर्मिाण सञ्चार, १४ जेठ, काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–निजगढ द्रुत मार्गको निर्माण कार्य दोस्रो चरणमा प्रवेश गरेको छ ।

द्रुत मार्ग आयोजना प्रमुख शरदलाल श्रेष्ठले निर्माण कार्य पनि तोकिएकै समयमा गरिसक्ने दृढता व्यक्त गरेका छन् । 

द्रुतमार्ग निर्माणबारे जानकारी दिने हिसाबले गरिएको एक भिडियो कन्फरेन्समा सेनाले फाउन्डेसनको काम सकिसकेको अवस्थाबारे सेनाका प्राविधिक सहायक रथी श्रेष्ठले जानकारी गराएका थिए । 

उनका अनुसार योसँगै अब फास्ट ट्र्याक निर्माणको कार्य दोस्रो चरणमा पुगेको छ । उनका अनुसार अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी काठमाडौं आउने बित्तिकै पुल र सुरुङ निर्माणको कार्य सुरु हुने छ ।

यद्यपि, उनले लकडाउनका कारण निर्माण कार्य प्रभावित बनेको बताए । यसका बाबजुद पनि तोकिएको समयभित्र अयाोजना पूरा गर्न कुनै असर बाँकी रहने छैन । 

उनले हालसम्मको निर्माण कार्यको स्थिति हेर्दा तोकिएकै समयभित्र आयोजना पूरा गर्ने प्रयत्न रहेको छ ।

उनले भने, ‘सेनाले जिम्मा लिएको काम आफैमा गम्भीर र जिम्मेवारपूर्ण नै हुन्छ । र, हामीले ११ वटा क्लस्टर बनाएर एकैपटक काम गरिरहेका छौं ।’

तर, बुधबार सेनाले गरेको भर्चुअल कन्फरेन्समा उनले लकडाउनको अवस्था यस्तै रहिरहने हो भने चाहिँ अन्य विकल्पबारे पनि सोच्नु पर्ने हुन सक्ने संकेत गरेका छन् । 

उनले अघि भने, ‘अहिलेको स्थितिलाई म्यानेज गर्न सकिन्छ । यस्तै अवस्था रहिरहे अन्य विकल्पबारे पनि सोच्नुपर्छ ।’

लकडाउनकै कारण परामर्शदाता कम्पनी काठमाडौं आउन नसके र त्यसले काममा प्रभाव परिरहेको उनको भनाइ छ । 

केही दिन अघि मात्रै यस आयोजनाका लागि योसिन इञ्जिनियरिङ कर्पोरेसन, कोरिया जेभीलाई परामर्शदाता छनौट गरिएको थियो ।


०००



प्रकाशित: २०७७ जेठ १४
May 27th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार