ओम्नी समूह सहितः अरुण कन्स्ट्रक्सन र विटी/टौदह/फस्कु जेभी कालोसूचीमा
निर्माण सञ्चार, २९ भदौ, २०७७ । कोरोना महामारीका बेला स्वास्थ्य उपकरण खरिदमा विवादित बनेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबिसिआई) लाई सरकारले कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म कालोसूचीमा राखिएको जनाएको हो ।
अब ओम्नीले एकवर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन पाउने छैन ।
तोकिएको समयमै स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा पाएर पनि आपूर्ति नदिएपछि कम्पनी बदनाम भएको थियो । समयमै आपूर्ति गर्न नसकेपछि ठेक्का रद्द भएको थियो । त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो।
०००
प्रकाशित: २०७७ भाद्र २९
सिभिल वक्र्सका अरु कम्पनी पनि कालोसूचीमा
खरिद अनुगमन कार्यालयले आजै सिभल तर्फ काम गर्ने अरुण कन्स्ट्रक्सन कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखेको छ। सँगै, वीटी÷टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ।
प्रकाशित: २०७७ भाद्र २९
September 14th 2020
प्रतिक्रिया दिनुहोस्