प्रधानमन्त्रीका ‘विशेष आर्थिक सल्लाहकार’ बने पूर्वअर्थमन्त्री डा खतिवडा
निर्माण सञ्चार, ३० भदौ, काठमाडौं । पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको हो ।
सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसको जानकारी दिएका हुन्।
खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। संसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिएका थिए। उनको अवधिमा अर्थतन्त्रलाई वित्तीय अनुशासनका लागि कसरत गरिएको थियो । संघीय वित्तीय अनुशासनलाई ट्रयाकमा ल्याउनमा उनको भूमिका उल्लेखनीय रहेको छ ।
०००
प्रकाशित: २०७७ भाद्र ३०

September 15th 2020
प्रतिक्रिया दिनुहोस्