फास्ट ट्र्याकमा रहेका ८७ पुल र ३ वटा सुरुङमार्गः टनेल बनाउन ४३ निर्माण कम्पनीले दिए आवेदन
निर्माण सञ्चार, १७ असोज, काठमाडौं ।
नेपाली सेनाद्वारा निर्माण निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा सुरुङमार्ग निर्माण गर्न ४३ निर्माण कम्पनीले आवेदन दिएका छन् ।
द्रुतमार्गबारे सेनाले दिएको जानकारी अनुसार परेका आवेदनमध्ये १६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वायोग्यता निर्धारण गर्ने प्रतिस्पर्धामा आफूलाई सहभागी हुने आशय सहित आवेदन दिएका हुन् ।
०००
प्रकाशित: २०७७ आश्विन १७
- द्रुत मार्गबारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सो द्रुतमार्गमा ८७ वटा पुल र ३ वटा सुरुङमार्ग निर्माण गर्नु पर्ने छ
- महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लम्बाइ रहेका ३ वटा सुरुङ मार्ग रहने छन्
- सेनाले महादेवडाँडाको सुरुङसहित ४.६ किलामिटरको सडक तथा सुरुङमार्ग र धेद्रे तथा लेनडाँडाको सुरुङमार्गलाई छुट्टा छुट्टै प्याकेज बनाएर आशयपत्र माग गरेको थियो
- काठमाडौं तराई जोड्ने उक्त द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर रहेको छ । यसका लागि लागत कुल १ खर्ब ७५ अर्ब रहने अनुमान गरिएको छ
०००
प्रकाशित: २०७७ आश्विन १७
October 3rd 2020
प्रतिक्रिया दिनुहोस्