नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य काम आगामी साताबाट सुरु
निर्माण सञ्चार, ०४,मंसिर, काठमाडौं। बहुचर्चित नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम आगामी साताबाट सुरु हुने भएको छ। आयोजनाले आगामी साताबाट काम सुरु गर्ने गरि तयारी गरेको जानकारी दिएको छ।
आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार तिहारलगत्तै मुख्य सुरुङको काम थाल्ने गरि योजना बनाइएको थियो। तर स्टिल पोर्टल फ्रेम आइपुग्न समय लागेका कारण करिब एक साता धकेलिएको बताए ।
बुटवलको एउटा कारखानालाई स्टिल पोर्टल फ्रेम निर्माणको जिम्मा दिइएको थियो। तर अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कारखाना सिल गरिएकाले यसको काम हुन सकेको नसकेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । एक(दुई दिनमै फ्रेम आइपुग्ने भएकाले अब काम थाल्ने तयारी गरिएको शाक्यको भनाइ छ। सुरुङ खन्नुभन्दा पहिला बोल्ट राख्नु पर्छ। सोपछि ढोकाको चौकोस आकारका फ्रेमहरु राखेपछि सुरुङ खन्न सुरु गरिने बताए ।
शाक्यका अनुसार ३५० जना साइटमा खटाइएको छ। जसमा २७० जना कामदारहरु रहेका छन् । बाँकी विज्ञ, इन्जिनियर लगायत रहेका छन्। सुरुङको काम सुरु नभए पनि ती कामदारहरुले बाहिरको काम गरिरहेका छन्। बक्स कल्भर्ट, मोटरेवल पुल, लिंक रोड निर्माण लगायतको कामहरु सञ्चालान भइरहेको छ। सुरुङ खन्ने काम नभएको भए पनि बाहिरका कामहरु भइरहेका छन्, उनले भने, कोही कामदार खाली बस्नु परेको छैन्। बाहिरको काम फुल फ्लेजमा भइरहेको छ। स्केप्ट टनेललाइ अडिट टनेलका रूपमा प्रयोग गरेर मुख्य सुरुङमार्ग खन्न थालिने उनले जानकारी दिए । सुरुमा इस्केप्ट टनेल खन्न थालिनेछ। निश्चित दुरीको स्केप्ट टनेल खनेपछि मुख्य सुरुङमा भेट हुनेछ, त्यसपछि मुख्य सुरुङ खन्ने योजना रहेको छ। धादिङतिरबाट खन्न सुरु गर्न लागिएको छ। पानीको सिपेज र प्राविधिक कारणले धादिङतिरबाट काम थाल्न लागिएको हो। इक्विपमेन्टहरु तयार अवस्थामा राखिएको छ। करिब २० देखि २५ मिटर खनेपछि मात्रै ब्लाष्टिङ गरिनेछ। यो सुरुङमार्ग ड्रिलिङ एण्ड ब्लाष्टिङ विधिबाट निर्माण हुनेछ। काठमाडौंतिर जनवरीबाट सुरुङको काम थालिने
निर्माण कम्पनीले तयार पारेको संशोधित तालिका अनुसार जनवरीबाट पनि काठमाडौंतिरको पोर्टलबाट पनि सुरुङ खोतल्न सुरु गर्ने योजना रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । अहिले सुरुङमार्ग खन्नु अघि बाहिर तयार पार्ने भवन लगायतका संरचना निर्माण,एप्रोच लिंक लगायतको काम भइरहेको छ। गत वर्ष शिलान्यास गरिएको आयोजनामा मुआब्जा विवाद, स्थानीयको अवरोध, इक्विपमेन्ट, विस्फोटक पदार्थ ल्याउन स्वीकृतिमा ढिलाइ आदिले काम अघि बढ्न ढिला भइरहेको थियो। समस्याहरु सुल्झाउनै एक वर्ष लाग्यो। समस्याहरु समाधान हुन थालेपछि कोरोना भाइरसका कारण स्वास्थ्य सतर्कताको मापदण्डले प्रभावित पारेको थियो। जापानी टोली नेपाल एयरलाइन्सको विशेष चार्टरबाट आएपछि कामले गति लिएको बताए। एक वर्षदेखि सुस्त आयोजनामा दुवैतिर काम थालिएको छ। आयोजनाका कामदार, इन्जिनियर र केही परामर्शदातामा कोभिड पोजेटिभ देखिएको थियो। ड्रिलिङको काम गर्ने केहि कामदारमा समेत पोजेटिभ देखिएपछि निको भएका कामदारहरुले कामलाई निरन्तरता दिएका छन्। ४२ महिना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नेपालको यो पहिलो सडक सुरुङमार्ग हो। जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको छ। २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो सुरुङमार्गमा जापान सरकारको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यहोर्ने छ। चन्द्रागिरि(१ टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्कने सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ। दुइ लेनको सुरुङमार्गसँगै समानान्तर हुनेगरि स्केप्ट टनेल निर्माण हुने शक्यले जनाए ।
०००
प्रकाशित: २०७७ मंसिर ४

November 19th 2020
प्रतिक्रिया दिनुहोस्