चक्रपथको विस्तारः सडकका संरचना हटाउने काम अन्तिम चरणमा
निर्माण सञ्चार, ०८ मंसिर,काडमाडौँ । काठमाडौं उपत्यकामा रहेको चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) सडक बिस्तारका लागि आवश्यक पर्ने संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ ।
त्यस खण्डमा परेका रूख कटान सम्पन्न भइसकेको छ । बिजुलीको पोल, खानेपानी तथा ढलका पाइप हटाउने काम अन्तिम चरणमा पुगेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । आयोजना प्रमुख अमृतमणि रिमालले चक्रपथको दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको खण्डको क्षेत्रमा परेका संरचनाहरू हटाउने काम अन्तिम चरणमा पुगेको बताउँदै ९५ प्रतिशत संरचना हटाउने काम सम्पन्न भइसकेको जानकारी दिए ।
क्रंलकी देखि चाबहिल सम्म २० घर भत्काउन पर्ने छ । सो घरको मुआब्जा वितरणगरी केही समयमै भत्काउन सुरु गरिने आयोजनाले जनाएको छ ।
पहिलो चरणको कोटेश्वर कंलकी सडक विस्तारपछि दोस्रो चरणको कंलकी चावहिल विस्तार गर्ने भएको हो । चीन सरकारले सम्झौता अनुसार नै निर्माण कार्य अघि बढाएको हो ।
आयोजनाका अनुसार विस्तारका लागि ११.६ किलोमिटर सडकको बिस्तारका लागि निर्माणस्थल खाली गरिएको हो ।
सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै सो सडकमा रहेका दुई हजार एक सय रुख काटिएको चक्रपथ आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।
नयाँ बसपार्क अगाडि चक्रपथमा रहेको आकाशे पुल भत्काइने छ । आयोजना प्रमुख रिमालले भने , “असोज ७ भित्र पुलमुनि रहेका पसल हटाउन सम्बन्धितलाई पत्राचार भइसकेको छ । पसल हटाएपछि एक हप्ताभित्र पुल भत्काइने छ ।
त्यस्तै विस्तारको क्रममा स्वयम्भूमा पर्ने एउटा स्तुपा समेत भत्किने भएपछि लामो समयसम्म विरोध रहदै आएको थियो ।
स्तूपा सारिने जिम्मा काठमाडौं महानगरपालिकाले जिम्मा लिएपछि विवाद सुल्झिएको हो । हाल विवाद सकिए लगतै विस्तारको कार्य अघि बढेको हो । अहिले चक्रपथ वरीपरीका सम्पूर्ण रुखहरु काटिएको निर्माणको कार्य पनि अघि बढ्नेछ कोरोना भाइरसका कारण केही समय सुस्त रहे पनि अहिले पछिल्लो समय भने पुन सूचारु भएको आयोजना प्रमुख रिमालले बताए ।
सडक निर्माण शुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घर टहरा नहट्दा निर्माणमा ढिलाइ भएको रिमालले बताए । चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण शुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई आग्रह गरेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण शुरु गर्नेछ । सो सडकमा दुइ ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुनेगरी सडक विभागले प्रस्ताव गरेको छ । सडक विस्तारका लागि सरकारले गत चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ । पछिल्लो समय कोटेश्वर कंलकी सडकमा बढी दुर्घटना बढी भएकोभन्दै चिनियाँ सरकारले पुन एकपटक अध्ययन गर्ने बताएको छ । सकेसम्म सडकको अध्ययन ढाँचालाई अध्ययन गरेर बल्ल निर्माण सुरु गर्ने तयारी छ । कोरोना भाइरसको अवस्था सामान्य हुने वित्तिकै अध्ययन सुरु हुने सडक विभागले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २०७२ मा भएको चीन भ्रमणका क्रममा पूरै चक्रपथ विस्तार गर्ने सहमति भएको थियो । २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो ।
०००
प्रकाशित: २०७७ मंसिर ८

November 23rd 2020
प्रतिक्रिया दिनुहोस्