नेपाली समय: ०८:१४:१७ बिहान
वि.सं २०८३ साउन ५   मंगलवार

नेपाल चीनको सीमाक्षेत्र हिल्सादेखि किटसम्मको सडक निर्माण कार्य सुरु

निर्माण सञ्चार, ०५ मंसिर,काठमाडौँ । नेपाल र चीनको सिमा क्षेत्र हिल्साबाट नेपाली सीमाक्षेत्र किट जाने सडक निर्माणकार्य सुरु भएको छ । 

पुरानो पैदल हिड्ने बाटो भत्केपछि हिल्सामा रहँदैआएको सीमा सुरक्षा चौकी (बिओपी) का सुरक्षाकर्मीलाई गस्ती गर्न कठिन भएपछि उक्त क्षेत्रमा सडक निर्माणकार्य सुरु गरिएको हो ।

नेपाल र चीनको सिमाना हिल्सादेखि नेपाली भुभाग किट क्षेत्रका लागि सडक निर्माणकार्य सुरु भएको हिल्साका बासिन्दा सुनाम लामाले बताए ।

 धेरै पहिले उक्त क्षेत्रमा घोरेटो बाटो भएको तर बर्खामा पहिरो गएर बाटो भत्किदा अन्य मानिस तथा सीमा सुरक्षाका लागि खटिएका बिओपीका टोलीलाई गस्ती गर्न कठिन हुँदा सडक निर्माणकार्य सुरु भएको हो । 

केही समय अगाडि हिल्सा क्षेत्रको अनुगमन गर्न जाँदा दुई देको सीमास्तम्भ भएको स्थान किट क्षेत्र पुग्नुभएका कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले पनि उक्त अप्ठ्यारो बाटोबाट सिमानाको अनुगमन गरेका थिए। 

बाटो भत्केको अबस्था देखेपछि हिल्सामै उनले कर्णाली प्रदेश सरकारको कर्णाली प्रदेश पूर्वाधार बिशेष कार्यक्रमबाट सडक निर्माण गर्ने प्रतिबद्धता जनाए अनुसार सडक निर्माण भएको लामाले बताए। 

मेशिनबाटबाट सडक निर्माणकार्य सुरु भएको बताउदै पूर्बाधार विकास कार्यालयका प्रमुख देबी ऐडीले साढे दुई किलोमिटर सडक निर्माणका लागि पचास लाख बजेट बिनियोजित गरिएको र सो बजेटबाट सडक निर्माण सुरु भएको उनले बताए । 

सडक निर्माण गर्न हिल्साबासी समेटिएको उपभोक्ता समिति गठन गरी काम सुरु भएको उनले बताए । हिमपात नभएर छोटै समयमा सडक निर्माणकार्य सम्पन्न् गर्ने लक्ष्य कार्यालयले लिएको छ । 

सडकको निर्माणकार्य सम्पन्न भए हिल्सामा सीमा सुरक्षाका लागि खटिदै आएका बिओपीका सुरक्षाकर्मीलाई गस्ती गर्न सहज हुनेछ । यसअघि सडक नहुदा अप्ठ्यारो बाटोमा ज्यानको जोखिम उठाएर सुरक्षाकर्मीले गस्ती गर्दै आएका थिए ।

०००


 



प्रकाशित: २०७७ पौष ५
December 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार