शिलान्याशको १४ महिनापछि नागढुंगा–नौबिसे सुरुङमार्गको काम सुरु
निर्माण सञ्चार, ०८ पुष,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष मंसिरमा शिलान्यास गरेको नागढुंगा–नौबिसे सुरुङमार्गको काम मंगलबारबाट सुरु भएको छ ।
आगामी सन् २०२३ को मघ्य सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माण कार्य मंगलबारदेखि सुरु भएको हो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम नौबिसेतर्फबाट सुरुङ खन्न थालिएको हो ।
गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग मार्गको शिलान्याश गरेका थिए । २.३८ किलोमिटर लम्बाइ रहने उक्त सुरुङमार्ग दुई लेनको चौडाइ ९.५ मिटर रहने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।
‘पूर्वतयारीमा धेरै समय लागेकाले खन्ने काम ढिला भएको हो, लकडाउनका लागि बाहिरबाट ल्याउने मेसिनहरू नै नेपाल ल्याउन सकिएको थिएन,’ केशवकुमार शर्माले भने ।
दु्रतगतिमा सुरुङ निर्माण गरेर ४२ महिना भित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको सो सुरुङमार्गमा नेपाल सरकारको ६ अर्ब लगानी र जापान सरकारको १६ अर्ब ऋण सहयोग रहेको सडक विभागले जानकारी दिएको छ । ४२ महिनामा काम सम्पन्न गर्ने समय भएकाले समयमै सम्पन्न गर्ने विश्वास रहेको समेत महानिर्देशक शर्माले बताए । ठेकेदार कम्पनीले नौबिसेबाट काम सुरु गरेको भए पनि केही दिनभित्रै नागढुंगाबाट पनि काम सुरु गर्ने शर्माले बताए ।
पहिलोपटक नेपालले राजमार्गमा सुरुङमार्ग निर्माण गर्न लागेको हो ।
सुरुङमार्गका लागि जाइकाले १७ अर्ब सहुलियत ऋण दिएको छ । त्यसमा नेपाल सरकारले ४ अर्ब लगानी गरेर करिब २१ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । जापानले यो सुरुङमा लागि शून्य दशमलव १ प्रतिशत सहुलियत ब्याजमा ऋण सहयोग गर्नेछ । जापानलाई नेपालले यो ऋण ४० वर्षभित्रमा तिर्नुपर्नेछ ।
सुरुङमार्गको ठेक्का जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा पाएको छ । आयोजनाले तोकेको सर्तअनुसार यो सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेँसीको सिस्ने खोलाबाट ५ सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।
सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ ८ किमि कम हुनेछ ।
सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने आयोजनाले जनाउँदै आएको छ । ‘ठेक्काको लागत १३ अर्ब, अन्य काम र मुआब्जासहित २१ अर्ब रुपैयाँ आयोजनाको लागत हो,’ महानिर्देशक शर्माले भने । सुरुङमार्ग बनाउन सरकारले काठमाडौंमा २ सय ६७ र धादिङमा १ सय ९ रोपनी जग्गा अधिग्रहण गरेको छ । अझै केही मुआब्जाको विवाद कायमै रहेको छ । केही लालपुर्र्जा भएका जग्गाको विवाद बाँकी नै रहेको शर्माले बताए ।
आयोजनाअन्तर्गत दुई इन्टरचेन्ज ९फ्लाइओभर र अन्डरपास० ब्रिजसहित सात वटा स–साना पुल र ११ वटा बक्स कल्र्भट पनि निर्माण हुने महाशाखा प्रमुख थापाले जानकारी दिए ।
०००
प्रकाशित: २०७७ पौष ८
प्रकाशित: २०७७ पौष ८
December 23rd 2020
प्रतिक्रिया दिनुहोस्