क्फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु
निर्माण सञ्चार, १० पुष,काठमाडौँ । कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको फुकोट कर्णाली हाइड्रोको सुरुङ खन्न शुरुआत गरिएको छ । हाइड्रोको सुरुङ खन्न सुरु गरिएपछि कर्णाली बासिहरुमा विकासको आषा पलाएको छ ।
तिन वर्ष अगाडि हाईडे कम्पनी र नेपाल सरकारबीच निर्माण सम्झौता भएको आयोजनाले डिपिआर सम्पन्न गरी ५५ मिटर सुरुङ खनी सकेको आयोजना प्रमुख हिरामान वाईबाले जानकारी दिए । प्रमुख वाईबाले दुबै तर्फबाट सुरुङ खन्ने काम जारी रहेको बताए । एका तर्फबाट ५५ मिटर खनिसकेको र बाँध हालेर बनाइने जलाशयको तर्फबाट ११ मिटर सुरुङ खनिरहेको प्रमुख वाईबाले बताए ।
प्रमुख वाईबाले कोरोना भाइरसका साथै अन्य केही चुनौतिहरु नआइदिएको भए यतिवेला सम्म सुरुङ खन्ने काम अन्तिम अवस्थामा पुग्ने बताए । जग्गाको मुआव्जाको काम पनी कोरोनाकै कारणले रोकिएको छ । डिपियार तयार भइसकेको छ, आयोजनाले क्षती हुने क्षेत्र निर्धारण गरी मुआव्जाको रकम पास गरिसकेको छ । अब जिल्लाले जग्गाको विषयमा मुल्य निर्धारण गरेपछी मुआव्जाको काम पनी सकिने प्रमुख वाइबाले जनाए ।
शान्नि त्रिवेणि गाँउपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध भएको जलाशयबाट १३ दशमलप ५ किलोमिटर सुरुङ मार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गरिने आयोजनाको काम अघि बढाइएको छ । सिस्नेगडाबाट ११ किलोमिटर उत्तर–पश्चिममा रहेको भौँतेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट चट्टान फोडेर सुरुङमार्फत भाँैतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत आयोजना नामक कम्पनीले २०७४ फागुनदेखि डिपिआर अन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो । विकासमा पछाडि परेको कर्णालीमा गौरवका आयोजनाहरुले निर्माण कार्य थालनी गर्दा कालीकोटका नागरिक उत्साहीत भएका छन् ।
कर्णालीमा जुनसुकै सरकार आएपनी सानातिना योजना फालेर आँखामा छारो हालेझै गरिन्थ्यो, अहिले कर्णाली करिडोर निर्माण कार्यदेखी गौरवको आयोजना फुकोट कर्णाली हाइड्रा निमार्णले कर्णाली वासिमा विकासको अनुभुती दिएको छ । चार सय ८० मेगावाट विद्युत उत्पादन हुँने आयोजनाले वरिपरिको एक हजार हेक्टर रोपनी प्रभावित क्षेत्र मानिएको छ । आयोजनाले जिल्लाको शान्नि त्रिवणि गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरनाको केही क्षेत्र प्रभावित डुवानमा रहने छ । सवैभन्दा बढी रास्कोट र शान्नि त्रिवेणि गाँउपालिका प्रभावित क्षेत्र हुने छ ।
०००
प्रकाशित: २०७७ पौष १०
०००
प्रकाशित: २०७७ पौष १०
December 25th 2020
प्रतिक्रिया दिनुहोस्