साना किसान सहकारी संस्थाको विपद् जोखिम न्युनीकरण तथा जीविकोपार्जन पुनस्र्थापना आयोजना सञ्चालन
निर्माण सञ्चार, काठमाडौं|| साना किसान सहकारी संस्थाको आयोजनामा भुकम्पप्रभावित समुदायका लागि विपद् जोखिम न्युनीकरण तथा जीविकोपार्जन पुनस्र्थापना आयोजना सञ्चालनमा रहेको छ । उक्त आयोजनामा एशियाली विकास बैंक र अर्थ मन्त्रालयको समेत सहयोग रहेको छ ।
उक्त आयोजना अन्तर्गत साना किसान सहकारी संस्थाका सदस्यहरुलाई सहुलियत दरमा जीविकोपार्जन कर्जा प्रवाह गर्नको लागि ७५ करोड रुपियाँ ऋण प्रवाह गर्ने कार्यक्रम रहेको साना किसान सहकारी संस्थाले जनाएको छ ।
संस्थाले पहिलो किस्तामा ३३ करोड रुपियाँ ऋण र दोस्रो किस्तामा २७ करोड रुपियाँलाई १३ हजार भुकम्प प्रभावित साना किसान सहकारी संस्थाका सदस्यहरुलाई प्रवाह गरेको जनाएको छ ।
उक्त आयोजना अन्तर्गत साना किसान समुदायमा आधारित रही ९० वटा विपद् प्रतिरोधी संरचना निर्माणको तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
........
आइतबार, १० बैशाख, ०७३
प्रकाशित: २०७४ बैशाख ९
प्रकाशित: २०७४ बैशाख ९
April 22nd 2017
प्रतिक्रिया दिनुहोस्