शिवपुरी गाउँपालिका पहिलो कृषी हाटबजार, लाखौंको कारोबार
निर्माण सञ्चार, नुवाकोट | शिवपुरी गाउँपालिकामा पहिलो पटक कृषी हाटबजार सञ्चालन भएको छ ।
सो हाटबजार शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्द्रदेवीको पुरानो गाउँ विकास समितिको भवनमा लागेको हो ।
यस हाटबजारबाट लाखौंको कारोबार भएको छ । उक्त हाटबजार समुन्द्रादेवी स्थित खोलेगाउँ कृषी बहुउदेश्यीय सहकारीले ७ औँ वार्षिकोत्सब अवसरमा सञ्चालन गरेको हो ।
स्थानीयबासीहरुले हाटबजारमा आफ्ना कृषी उत्पादनहरु विक्री गरेका थिए ।
गैरसरकारी संस्था महासंघ नुवाकोटका पुर्व अध्यक्ष तथा समाजसेवी पदम उप्रेतीद्वारा उक्त हाटबजारको उद्घाटन गरियको थियो ।
उनले कृषी हाटबजारले कृषकहरुलाई उत्साहित बनाउनुको साथै कृषी क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उप्रेतीले हाटबजारले समृद्ध शिवपुरीको विकास र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने समेत बताए ।
हाटबजारको अवलोकनका लागि जिल्ला क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधि तथा शिवपुरी गाउँपालिकाका भित्र कृयाशील सामाजिक संस्था र सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको सहकर्मी हरिराम भेटुवालले निर्माण सञ्चारलाई जानकारी दिए ।
उक्त सहकारीका अध्यक्ष विष्णु श्रेष्ठका अनुसार हाटबजार प्रत्येक महिनामा एक पटक सञ्चालन गरीने छ ।
साथै आवश्यकता हेरी हाटबजार हप्तामा एक पटक सञ्चालन गर्न सकिने श्रेष्ठले बताए ।
उनले एक घर एक सहकारीको रुपमा विस्तार गर्दै गाउँमा नै उत्पादीत कृषी वस्तुहरुलाई सहकारीले हाटबजारको माध्यमबाट बजारीकरण गरी आयआर्जन र जीविकोपार्जन सहज हुने समेत बताए ।
नुवाकोटबाट हरिराम भेटुवाल
...
आइतबार, २५ भदौ, ०७४
प्रकाशित: २०७४ भाद्र २४

September 9th 2017
प्रतिक्रिया दिनुहोस्