विद्युतीय व्यवसायी काठमाडौं संघको अन्तक्रियामा ‘चुल्हो निम्तो’
निर्माण सञ्चार, काठमाडौं । विद्युतीय व्यवसायी संघ काठमाडौंले उपत्यकामा रहेका विद्युतीय सामग्री बिक्रेताहरु बिच अन्तक्र्रिया कार्यक्रम गर्ने भएको छ ।
भदौ ३१ गते शनिबार दिनको एक बजे सुरु हुन एक दिने अन्तक्र्रिया कार्यक्रमबारे काठमाडौं विद्युतीय व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र वैष्णवले निर्माण सञ्चारलाई जानकारी गराए ।
नेपाली बजारमा विद्युतीय सामाग्रीको बिक्रीमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष वैष्णवको भनाइ छ ।
नजिकिदै गरेको दशैं र तिहारमा विद्युतीय सामग्रीको बिक्री वितरण धेरै हुन्छ । तर यही मौका छोपेर अस्वस्थ प्रतिस्पर्धामात्र नभई ‘कालोबजारी’ समेत हुने गर्छ ।
सरकारले एलइडी बल्ब बिक्री गर्ने कुरा अघि बढपछि बजारमा ‘टेक्निलक प्यारामिटर’ नपुगेका गुणस्तरहीन विद्युतीय सामानहरुको बिगबिगी बढेको भन्दै केही दिन अघि मात्रै नेपाल विद्युतीय व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गरेकै बेला काठमाडौं संघले पनि यस्तो कार्यक्रम आयोजना गरेको हो ।
विस्तृत समाचारका लागि तल क्लिक गर्नुहोला
एलइडी बल्बबारे बोल्यो फिन– ‘एलइडीका नाउँमा भैरहेको अनियन्त्रित बजार नियन्त्रण गर, ‘बल्ब–टेस्ट’ प्रविधि विस्तार गरी साफ्टा सुविधा पनि कायम गर !’
आयोजक ‘कीए’का अनुसार गरिने सो कार्यक्रम उपभोक्ता र बिक्रेता दुवैको हितमा हुने छ ।
बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्ने, विद्युतीय सामाग्रीको खुद्रा मूल्यमा एकरुपता ल्याउने र व्यवसायीलाई समेत उपभोक्ता हितका बारेमा सुसूचित गर्ने उद्देश्यले यस्तो अन्तक्र्रिया आयोजना गरिएको ‘कीए’ ले बतायो ।
अन्तक्रियामा काठमाडौं संघ, ललितपुर इलेक्ट्रिकल एसोसिएसन र भक्तपुर विद्युतीय व्यवसायी संघ (तदर्थ समिति ) मा आबद्ध सम्पूर्ण व्यवसायी तथा सदस्यहरुलाई कार्यक्रममा सहभागी हुन आयोजक ‘कीए’ ले चुल्हो निम्तो गरेको छ ।
कार्यक्रम भदौ ३१ गते शनिबार अपराह्न १ बजे अमृतभोग क्याटरिङ, डिल्लीबजारमा हुने आयोजकको भनाइ छ ।
...
बुधबार, २८ भदौ, २०७४
प्रकाशित: २०७४ भाद्र २७
प्रकाशित: २०७४ भाद्र २७
September 12th 2017
प्रतिक्रिया दिनुहोस्