नेपाली समय: १२:४७:०६ am
वि.सं २०८१ चैत्र ३   सोमवार

आँधी हुरी क्षतिको प्रारम्भिक विवरण: १८ सय ९५ घर क्षतिग्रस्त (सूचीसहित)

निर्माण सञ्चार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले तयार पारेर गृहमन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण अनुसार आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण आँधी हुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको छ ।

जिप्रका बाराले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई तयार पारेर बुझाएको प्रारम्भिक विवरण अनुसार ९ सय ४० घरधरीमा पूर्ण रुपमा क्षति भएको पाइएको छ।

उप्क्त आँधीहुरीले त्यहाँका तीनवटा इँटा उद्योग र एक स्वास्थ्य चौकी समेत क्षेतिग्रस्त अवस्थामा रहेको छ।

साथै ९ सय ५५ घरमा भने आंशिक क्षति मात्रै भएको छ। आधिँ हुरीले सबैभन्दा बढि क्षेति पुर्र्याएकोमा बाराको फेटा गाउँपालिकामा रहेको छ।

त्यहाँको भरवलियामा १३० घर पूर्णरुपमा क्षति भएका छन् भने ६० घरमा आंशिक क्षति पुगेको छ। यस्तै पुरैनियामा ५५ घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने २५ घरमा आंशिक क्षति भएको छ।

फेटाकै गम्हरियाको ९ घरमा पूर्ण क्षति र ६ घरमा आंशिक क्षति पुगेको छ। सोही गाउँपालिकामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको थियो। गृहको विवरण अनुसार हालसम्म आँधीहुरीका कारण २७ जनाको ज्यान गएको छ।

जसमा १० पुरुष, ११ महिला, २ बालक र ४ बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली नागरिक रहेका छन भने ४ जना भारतीयको पनि आँधीहुरी परी ज्यान गएको छ 

  ...

बुधबार, २० चैत, २०७५



प्रकाशित: २०७५ चैत्र १९
April 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार