नेपाली समय: ०२:०९:३१ बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको निशुल्क स्वास्थ्य परीक्षणः अभियान सुरु

निर्माण सञ्चार, कर्णाली प्रदेश । कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न सवारी चालकको निशुल्क स्वाथ्य परीक्षण गर्ने अभियान जारी छ ।

यस अभियान अन्र्तगत विहिबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परिक्षणमा झण्डै ६० जना चालकको स्वास्थ्य चेकजाँच गरीएको छ ।

चेकजाँच गरिएका सबै चालकहरुको स्वास्थ्य अबस्थामा विगतको भन्दा सुधार हुदै गएको सिअनमी मालिका थापाले बताईन । विलासी खानपानका कारण चालकहरुमा स्वास्थ्य समस्या देखिनु स्वभाविक हो ।

तर यसमा नियन्त्रण गर्न नसके आम यात्रुको जीवननै जोखिममा पर्ने उनको भनाई छ । बढ्दो अल्कोहलको प्रयोगले गर्दा, प्रेसरको समस्या बढि हुन्छ ।

विगतमा गरिएको चेकजाँचमा दिएको सल्लाह अनुसार चालकहरुले नियमित औषधी सेवन गरेकोले सुधार आएको अनमी थापाको भनाई छ ।

यस अघि माघ २७ गते चेकजाँच गराएका ५० जना चालकमा प्रेसरको समस्या थियो अहिले सुधार हुदै गएको छ । भने आँखाको समस्यामा पनि सुधार भएको आईवर्कर सुपरभाईजर दल बहादुर महताराले बताए ।

पहिलाको भन्दा आँखा चेक गर्ने भिजन चाँर्ट चालकहरुले स्पष्ट संग भनेको उल्लेख गरे । कर्णाली राजमार्गमा गुड्ने ट्याक्टर, बस, जीप, अटोरिक्सादेखि मालबहाक गाडीका चालकहरु स्वास्थ्य चेकजाँच लाई निरन्तरता दिइएको ट्राफिक निमित्त प्रमुख कुशराज शाहिले बताए ।

उनलेभने, अब प्रत्यक महिनाको एकपटक चेकजाँच गर्ने तयारीमा छौ । आँखाको कलर भिजन देखि ट्राफिक नियम पालाना देखि अन्य विषयमा पनि सुधार हुदै आएको उनको भनाई छ ।

‘मदिरा सेवनकै कारण चालकहरुको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण पनि विस्तारै हुन छोडेका छन् । नियमित चेकजाँच गर्ने यसबाट दुर्घटनाको नियन्त्रण गर्ने लक्ष्य रहेको छ ।

सवारी चालकहरुले आफु स्वस्थ रहन तथा सवारी दुर्घटना घटाउन मध्यपान र धुम्रपान सेवन छोड्न सुझाब दिएको ट्राफिक प्रमुख शाहिले बताए ।

छोटो तथा लामो दुरीका सवारीमा हुने मनपरी लगायत चलाकहरुको व्यवहार परिवर्तनमा ट्राफिक प्रहरी नियमित लागि परेको छ ।

सरकारी चालक देखि अन्य चालकहरुलाई सवारी ओभरटयाक बारे जानकारी पनि दिने गरिएको बताइएको छ । शिविरको अवसरमा अधिकांश सवारी चालकहरुले शुरु शुरुमा सहजै आफ्नो स्वास्थ्य परिक्षण मानेका थिएनन् ।

तर पछिल्लो समय स्वास्थ्य परिक्षणका बिषयमा धेरै कुरा बुझेपछि चालकहरु उत्साहित भएका छन् ।

नियमित चेकजाँच नगराउने मदिरा प्रयोग गरेर सवारी चलाउने, क्षामता भन्दा बढि यात्रु हाल्ने लगायतका गतिविधि गरेमा अब सिधै कार्बाहि गरिने समेत चेतावनी दिइएको छ ।

सागर परियार रिपोट

...

बिहिवार, २८ चैत, ०७५



प्रकाशित: २०७५ चैत्र २७
April 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार