नेपाली समय: १२:५३:५४ am
वि.सं २०८१ चैत्र ३   सोमवार

तातोपानीको हिउदे गाउँ सभा, पाँच वटा कार्यविधि अनुमोदन

निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्ला तातोपानी गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य महिला बालबालिका तथा स्वरोजगारका क्षेत्रमा लक्ष्य अनुसारको उपलब्धी हासिल गर्न सफल भएको छ ।

कार्यान्वयनमुखि बजेट र योजनाको न्यायपुर्ण कार्यान्वयनले गाउँपालिकाले लक्ष्य अनुसारको उपलब्धी हासिल गर्ने प्रयासमा अघि बढिरहेको छ ।

शुक्रबार सम्पन्न तातोपानी गाउँपालिकाको हिउँदे गाउँसभाले एकिकृत सम्पत्ति कर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५, घ वर्गको निर्माण व्यवसायी ईजाजत पत्र वितरण सम्बन्धी कार्यविधि, २०७५,पञ्चेबाजा, संरक्षण सम्बद्र्धन कार्यविधि, २०७५, र्निब्याजी ऋण व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ र अपांगता भएका व्यक्तिहरुको परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ माथि तेस्रो गाउँसभाले व्यापक छलफल गरेको छ ।

भने, व्यापक छलफलबाट पाँच वटै कार्यविधिहरु सर्वसहमतीमा अनुमोदन गरिएको छ । हिउँदे गाउँसभामा सहभागी सबै कार्यपालिका सदस्यहरुले पाँच वटै कार्यविधि जनताका हितमा भएको भन्दै ताली बजाएर अनुमोदन गरेका हुन् ।

यी पाँचै कार्यविधिले आम नागरिकको हितका लागि काम गर्ने प्रयास गरेको र आगामी दिनमा पनि यी कार्यविधि भित्रका पक्षहरुले आम नागरिकको हित हुने भन्दै सबै सदस्यले अनुमोदन गरेको प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए ।

स्थानीय सरकारले आगामी आर्थिक वर्षबाट बचेको बजेट लाई आयआर्जनका क्षेत्रमा लगानी गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

बजेट विनियोजन प्रणालीलाई अब आबश्यकतामा आधारित बनाईनेमा उनले जोड दिए । भौतिक विकासको लागि अनुगमन प्रणालीलाई चुस्तदुरुस्त बनाउनका लागि गाउँपालिका गम्भीर भएको अध्यक्ष न्यौपानको भनाई छ ।

कृषि, पर्यटन, शिक्षा तथा रोजगारी सृजनामा गाउँपालिकाले विशेष जोड दिएको छ । उनले भने, तातोपानी पर्यटन क्षेत्रमा देखिएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै, सुरक्षा व्यवस्थापनमा पनि जोड दिईने बताए ।

गाउँपालिकाको समृद्धीका लागि सबै उत्तिकै जिम्मेवार रहेका छन् । पुस माघमा हुनु पर्ने हिउँदे गाउँसभा विभित कारणले चैत अन्त्यमा गरिएको बताए ।

पद र जिम्मेवारी अनुसार जनताको हितका लागि वडा सदस्य देखि गाउँपालिका अध्यक्षले काम गर्ने सबालमा प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।

तातोपानी गाउँपालिकाले अबका वर्षलार्ई विकास वर्षका रुपमा मनाउने गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्याले बताईन ।

उनले भनिन, दिर्गकालिन विकासका लागि जनातका मागमा आधारित योजना र बजेट बनाउने सबालमा गम्भीर हुने बताईन । गाउँसभा सदस्य आदिप्रसाद न्यौपानेले कृषि र उद्योगमा विशेष प्रथामिकता दिनु पर्ने बताए।

अघिल्लो आर्थिक वर्षको बचेको झण्डै ७६ लाख बढि बजेट पनि आबश्यकतामा आधारित खर्च हुन नसकेको उनको भनाई छ र सानो बजेटले प्रत्यक्ष रुपमा किसानको जीवनस्तर उकास्न सकिनेमा जोड दिए ।

किसानको मागमा आधारित योजना छनौटमा गाउँपालिकाले आउने आर्थिक वर्षमा प्रथामिकता दिनु पर्ने बताए । मध्यकालि, अल्पकालिन र दिर्घकालिन योजनालाई गाउँसभाले छुटाउन नह्नेमा जोड दिए ।

गाउँ सभामा सहभागी सदस्यहरुले नमुना गाउँपालिका निर्माणका लागि आयआर्जन मुखि बजेट, कार्यान्यवनमुखि योजना बनाउन सुझाब दिएका छन् ।

...

सोमवार, ०२ बैशाख, ०७६

 



प्रकाशित: २०७६ बैशाख १
April 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार