
जुम्ली मार्सी धान उत्पादन हुने खेत बाँझै
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्ला जिल्लाको सीमित मात्रामा उत्पादित हुने स्थानीय जातको संसारमै सवैभन्दा उंचाई अर्थात समुन्द्र सतहबाट करीव ३ हजार मिटरसम्म उत्पादन हुने जुम्ली मार्सी धान जुम्लाको हावापानिमा मात्र हुने दुर्लभ प्रजातिको धान उत्पादन हुने खेत बाँझो अवस्थामा रहेको छ ।
सिँजा गाउँपालिका–२ रनुखाना गाउँ नजिककै हिमा नदीमा पक्की पुल निर्माण गर्ने क्रममा सिँचाई कुलो भत्केपछि धान उत्पादन हुने पाँच सय रोपनी खेत बाँझिएका छन् ।
पुल निर्माण गर्न क्रममा जुम्लामा उत्पादन हुने कालीमार्सी धान रोप्ने खेतको सिँचाइ कुलो भत्किए पछि अहिले जग्गा बाँझिएका हुन् । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगत्सम्म पुगेको छ ।
निर्माणाधिन उप्त्त पुलको निर्माणकार्य लामो समयदेखि ठप्प अवस्थामा रहेकाले स्थानियको गुनासो हामी संकटमा परेका छौं, पक्की पुल बन्छ भनेर सिँचाई कुलो आशा मार्यउ अहिले न पुल बन्यो न त सिँचाइ गर्ने कुलो रहयो ।
मार्सी धान उत्पादन हुने खेत सिँचाई सुविधा नभयका कारण धान रोप्न छोडिएको स्थानीयको भनाई छ । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वको कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगत्सम्म पुगेको थियो ।
राणाकालमा केन्द्रमा रहेका शासकहरूका लागि यही मार्सी धानको चामल हुलाक चलान गरी काठमाडौंसम्म आउने गरेको कुरा अति ज्येष्ठ नागरिकबाट सुन्न पाइन्छ ।
अहिले स्थानीयले बजारबाट सेतो चामल किनेर खानु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।
आकाश बोगटीको रिपोट
...
बिहिवार, २८ चैत, ०७५
प्रकाशित: २०७५ चैत्र २७
प्रकाशित: २०७५ चैत्र २७
April 10th 2019
प्रतिक्रिया दिनुहोस्