
निर्माण उद्योगमा आतंकः कञ्चनपुरमा जलाइएको डोजरप्रति एफक्यानको भत्र्सना, दोषीलाई कडा कारबाही गर्न माग
निर्माण सञ्चार, काठमाडौं । कञ्चनपुरस्थित देवकोटा नगरपालिका–३ मा पुल निर्माण कार्य गर्ने जिम्मा पाएको राजेन्द्र/मालिका जेभीको क्याम्पमा रहेको एक थान ‘ब्याकोह–लोडर’ सहितका निर्माण सामग्रीहरुमा आगजनी गरी पूर्ण क्षति पुर्याइएको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले घोर निन्दा गरेको छ ।
महासचिव रोशन दाहालले गत सोमबार विज्ञप्ति जारी गर्दै उक्त अमानवीय कार्यको निन्दा गरिएको जनाएका हुन् । निर्माण कार्य जारी रहेकै बेला अज्ञात समूहले निर्माण सामग्री सहित डोजर लक्षित गरी आगजनी गरेका थिए ।
आगलागीबाट डोजर सहित सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको स्थानीय निर्माण व्यवसायीले जानकारी गराए । डोजर सहित करिब करोड बढी रुपियाँका सामानहरु जलेर नष्ट भएको छ ।
राज्यको लगानीमा निर्माण हुँदै गरेका पूर्वाधार निर्माण कार्यहरुलाई लक्षित गरी निर्माण व्यवसायीलाई आतंकित पार्ने घटना रोक्नका लागि महासंघले राज्यसँग माग गरेको छ ।
केही दिन अघि निर्माण व्यवसायी तथा सांसदहरुलाई समेत चन्दा नदिए ‘मार्ने’ भन्दै धम्क्याएको कुरा सार्वजनिक भएको थियो ।
उक्त घटना निर्माण व्यवसायी महासंघका पूर्व पदाधिकारीहरुले आफूमाथि सुरक्षा खतरा बढेका भन्दै राज्यसँग शान्ति सुरक्षाका लागि अपिल गरेका थिए ।
चन्दा आतंक रोक्न भन्दै सरकारले विप्लव सहित कतिपय समूहमाथि प्रतिबन्ध घोषणा गरेको अवस्था छ भने सुरक्षा निकायले चन्दा आतंक गर्ने र फोनबाट धम्की दिनेहरुको नाम समेत आफूलाई जानकारी गराउने भनेको छ ।
यही बीचमा कञ्चनपुरमा निर्माणाधीन पुललाई लक्षित गरी डोजर सहित निर्माण सामग्रीमाथि आगजनी भएको छ ।
प्रकाशित: २०७५ चैत्र २७
आगलागीबाट डोजर सहित सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको स्थानीय निर्माण व्यवसायीले जानकारी गराए । डोजर सहित करिब करोड बढी रुपियाँका सामानहरु जलेर नष्ट भएको छयसै गरी अघिल्ला वर्षहरुमा पनि धादिङ, सल्यान, कञ्चनपुर लगायत स्थानमा आतंक सिर्जना गर्ने मनसाय सहित निर्माण कार्यमा संलग्न डोजरहरुमाथि आगजनी गरिएको थियो । निर्माण कार्यमा डोजर जलाउने परम्परा नयाँ नभए पनि राज्यले सुरक्षा दिने कुरा भने अझैसम्म पनि ग्यारेन्टी हुन सकेको देखिदैन । महासचिव रोशन दाहालको हस्ताक्षर भएको विज्ञप्तिले दोषी माथि कारबाही गरी उचित क्षतिपूर्तिको समेत माग गरेको छ । महासंघले भनेको छ, ‘राज्यको सुरक्षा व्यवस्था कमजोर भएको आभास आमनिर्माण व्यवसायीहरुमा भएको उल्लेख गर्नुपर्दा दुख लागेको छ ।’ दाहाल अघि भन्छन्, ‘यस्ता गलत कार्य गर्नेलाई कानूनी कठघरामा ल्याई कडा भन्दा कडा कारबाही गरी पीडित निर्माण व्यवसायीलाई उचित क्षतिपूर्तीका लागि महासंघ जोडदार माग गर्दछ ।’ महासंघका अनुसार उक्त आगजनीमा निर्माण व्यवसायीको ज्यान समेत लिने ‘नियत’ रहेको देखिन्छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आक्रमणबाट निर्माण व्यवसायीहरु आतंकित भएको उल्लेख गर्दै विज्ञप्तिमा व्यावसायिक आचरण अनुरुप आफ्नो पेशामा दत्तचित्त राष्ट्र निर्माणमा सक्रिय व्यवसायीहरुमाथि हुँदै आएको आपराधिक र क्रुरतापूर्ण आक्रमणको महासंघ घोर निन्दा गर्दछ ।’ बारम्बार हुने यस्ता घटनाले देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने महासंघको ठहर छ । महासंघले राज्यले शान्ति सुरक्षा ग्यारेन्टी गर्न नसकेको गुनासो गरेको छ । उनका अनुसार मुलुकले यतिबेला ‘समृद्व नेपाल सुखी नेपाली’ को लक्ष्य लिएर पूर्वाधार तथा निर्माण क्षेत्रलाई द्रुतरुपमा कामहरु अघि बढाउन भनिरहेको छ ‘तर निर्माण गर्ने साइटमा भने सुरक्षाको प्रत्याभूति छैन, कसरी समृद्धिका आधारहरु बन्लान् त ?’ निर्माण सञ्चारसँग महासचिव दाहालले भने । महासंघले जारी गरेको विज्ञप्ति ... बिहीबार, २८ चैत, ०७५
प्रकाशित: २०७५ चैत्र २७
April 10th 2019
प्रतिक्रिया दिनुहोस्