नेपाली समय: १२:२१:१३ am
वि.सं २०८१ चैत्र ३   सोमवार

नयाँ बसपार्क रित्तै, सडकमै पार्किङ पेटीमा काउन्टर

निर्माण सञ्चार, काठमाडौं । जुम्लामा सुविधा सम्पन्न नयाँ बनेको बसपार्क प्रयोग बिहिन अवस्थामा रहेको छ । यातायात व्यवसायीकोे मनपरी रुपमा सडक पेटीमा टिकट काउन्टर राख्दा बसपार्क प्रयोग विहीन भएको हो ।

भने, बसपार्क छोडेर सडकमै मनपरी रुपमा गाडी पार्किङ हुने गरेका छन् । जसले गर्दा बसपार्क वरपोर हिँडडुल गर्नमा समस्या भईरहेको यात्रुहरुले गुनासो गरेका छन् ।

जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बसपार्क निर्माण गरिएको हो । करोडौको लगानीमा चन्दननाथ नगरपालिका–६ राहदेउमा रहेको सुविधायुक्त बसपार्क यतिवेला भने प्रयोगविहीन भएको छ ।

साना तथा ठुला यात्रुबाहक सवारीहरु सबै मनपरी रुपमा सडकमा पार्किङ गर्ने तथा कुना कुनामा टिकट काउन्टर खोलेर यात्रुहरुलाई सास्ती भएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

उनले भने, सर्वसाधरण गाउँबाट आउँदा टिकट कहाँ काट्ने भन्ने विषयमा अन्यौल हुन्छ, बसपार्क हेर्दा सधैँ रित्तो देखिन्छ ।

खोज्दै जाँदा बल्ल बल्ल बजारका कुनामा काउन्टर भेटिन्छन् स्थानीय शुर बुढाले भने, एकसाता अघि नेपालगन्ज जानको लागि टिकट काट्न आउँदा उनले यस्तै सास्ती पाएको सुनाए ।

बसपार्क बनिसकेपछि त, सबै सवारी त्यहि पार्किङ हुनु पर्ने हो । उनले थपे, टिकट काउन्टर पनि बसपार्क हुनु पर्ने, यातायात क्षेत्र यति अस्तबेस्त हुँदा पनि व्यवसायीकहरुको कमाउ धन्दाले सर्वधारण मर्कामा परेको समाज सेवी रुद्रसिंह मल्लले बताए ।

उनले भने, यसमा प्रहरी प्रशसान तथा यातायात व्यवसायी निकै गम्भीर भएर छिटो भन्दा छिटो व्यवस्थापन गर्न उनको सुझाब छ ।

बजारका कुना कुनामा टिकट काउन्टरहरु छन्, गाडी पनि काउन्टरबाटै छुट्छन् ।

दुर्घटनाको जोखिम बढ्दा

जुम्लाबाट नेपालगन्ज, सुर्खेत, कालिकोट, काठमाडौंलगायत सहरमा दैनिक यातायात सञ्चालन हुन्छ । जिप, माइक्रो, अटोरिक्सा पनि सञ्चालनमा छन् ।

तर, यी कुनै पनि बसपार्क पुग्दैनन् । सबै सडक तथा बजार छेउछाउमै रोकेर राख्ने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार कर्णाली राजमार्गका छेउछाउ र बजारकै गल्लीहरुमा टिकट काउन्टर र गाडी राख्दा दुर्घटना हुने गरेका छ ।

ट्राफिक प्रमुख माधव रावतले भने, बसपार्कमै पार्किङ तथा काउन्टर राख्न सुझाब दिएका छौ । उनले भने, नगरपालिका, प्रशासनले कडाई नगर्दा, यातायात क्षेत्र निकै अस्तबेस्त भएको बताए ।

ट्राफिकका दृष्टिले दुर्घटनाको उच्च जोखिम छ । चाडै व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

एक लेनको सडक त्यहि माथि अव्यवस्थित पार्किङ, नियमन गर्ने निकाय मौन, अटेरी गर्ने यातायात व्यवसायी लगायतका विभिन्न कारणले गर्दा जुम्लाका यातायात क्षेत्र निकै सास्ती पुर्ण भएको साँझा विवेकशिल जुम्लाका संयोजक शुसिल देवकोटाले बताए ।

यातायात क्षेत्रका माफियाहरु आफ्नो नाफाका लागि सर्वसाधरणलाई सास्ती दिने नियम देखाएको उनको आरोप छ । जुम्लामा संचालन भएका सबै साना ठुला सवारी बसपार्कमा नजाने, काउन्टर नराख्नु नियतै देखिएको छ ।

मनपरी भाडा असुली

यातायात व्यवस्था कार्यालयको पहलमा जुम्लाबाट काठमाडौं, सुर्खेत र नेपालगन्जको भाडा तोकिएको छ । तर, यातायात व्यवसायीले भने त्यसलाई बेवास्ता गर्दै मनपरी भाडा लिने गरेका छन् ।

पटक पटक भाडाका विषयमा कुरा उठ्दा पनि यसमा यातायात व्यवसायीको मनपरी तन्त्र अन्त्य हुन नसकेको कर्णाली यातायात प्रालीका अध्यक्ष मिन बहादुर थापाले बताए ।

उनले भने, एकदिनमा प्रतियात्रु ५ सय बढि ठगिने गरेको छ । जुम्लाबाट सुर्खेतको आठ सय १९ रुपैया नेपालगन्जको एक हजार ६९ रुपैया र काठमाडौंको दुई हजार भाडा तोकिएको छ ।

यातायात व्यवसायीहरु भने, सुर्खेत सम्म १५ सय, नेपालगन्ज २ हजार काठमान्डौ ३ हजार भाडा लिने गरेको अध्यक्ष थापाले जानकारी दिए ।

एकसाता अघि नेपालगन्ज गएका शुर बहादुर बुढाले पनि २ हजार भाडा तिरेको बताएका छन् । अध्यक्ष थापाले भने, यस्ता विषयको नियमन गर्न विगतका प्रजिअ संग छलफल हुँदा पनि अबस्था नफेरिएको गुनासो गरे ।

‘करोडौँको लगानीमा निर्माण भएको बसपार्क प्रयोगमा आएको छैन् । अध्यक्ष थापाले भने, गाईगोररुले दिशा गर्ने भएको छ । प्रयोग ल्याउन नसक्ने नगरपालिकाले निर्माण गर्न किन दिएको भन्दै आक्रोस व्यक्त गरे ।

निर्देशनको अटेरी भयो बसपार्कमै गाडी राख्न, त्यहि बाट गाडी छुटाउन, तोकिएको भाडा लिन, क्षामता भन्दा बढि यात्रु नराख्न भनेर हामीले निर्देशन दिएका छौ ।

चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले भनिन, तर यातायात व्यवसायीहरु बाटै निर्देशनको अटेरी भयो।

अब स्थानीय प्रशासनको सहयोगमा सडक र बजारमा गाडी पार्किङ गर्न नदिने व्यवस्था गर्छौ, फेरि परामर्श गर्छौ, नमाने नियम अनुसार कार्बाहि प्रक्रिया अघि बढाईने मेयर सेजुवालको चेतावनी छ ।

दुर्घटनामुक्त शहर,अभियान चलिरहेका बेला, मनपरी गर्ने यातायात व्यवसायी विरुद्ध कडा कदम चाल्न बाध्य हुने छ ।

उनले भनिन, पटक पटक पत्रचार गर्दा, पनि मनपरी तन्त्र चलाउने यातायात व्यवसायीहरु नियम संगत जानु पर्नेमा जोड दिईन ।

यस विषयमा पुन पनि छलफल गर्ने र पार्किङ तथा टिकट काउन्टर व्यवस्थापन चाडै गरिने मेयरकोे भनाई छ ।

यता प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले, नगरप्रमुख, ट्राफिक संग छलफल गरेर बसपार्क संचालनमा ल्याउन पहल थाल्ने बताईन ।

बसपार्क हुँदा हुदै, सडकमा पार्किङ गर्ने, मनपरी भाडा असुल्ने गैरकानुनी काम गर्नु नियमविपरित हो, यसलाई प्रशासनले गम्भीरता पुर्वक लिएको छ ।

चाडै यस विषयमा छलफल गरेर निक्र्यौल गरिने प्रजिअ बन्जाडेको दाबी छ । बजार क्षेत्रमा रहेका काउन्टर नहटाउने, निर्देशन पालाना गर्ने जो कोहि लाई नगरपालिका तथा प्रशासनको समन्वयनमा नियमन गरिने दाबी गरिन ।

यातायात व्यवसायीहरुले पनि नाफामुखी मात्र नभई सेवा भावलाई पनि जोड दिनुपर्दछ । उनले थपिन, खाली यात्रु ठग्ने काम नियम संगत नहुने भन्दै जुम्लाको अस्तबेस्त यातायात क्षेत्रको व्यवस्थापनमा विशेष जोड दिने उनको भनाई छ ।

सागर परियार रिपोट

...

बिहिबार, २१ चैत, २०७५

 



प्रकाशित: २०७५ चैत्र २१
April 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार