
कैदीलाई पुस्तक पढ्न, कारागारमा पुस्तकालयको स्थापना
निर्माण सञ्चार काठमाडौं । कर्णाली प्रदेशको १० वटा जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका जिल्ला कारागारमा शनिवार एकैसाथ उद्घाटन पुस्तकालयको स्थापना गरिएको छ ।
कर्णालीका जुम्ला, कालिकोट, मुगु, सुर्खेत दैलेख लगायत प्रदेशमा पर्ने १० वटा जिल्ला कारागारमा एक औपचारिक कार्यक्रमका बीच शनिवार पुस्तकालय उद्घाटन गरिएको डिएसपी सिताराम रिजालले बताए ।
उनका अनुसार, कैदी बन्दिलाई पुस्तक पढाएर ज्ञान दिने जीवनमा केहि गर्ने जागर दिन कर्णालीमा यस्तो अभियान थालिएको थियो ।
केही महिना अघिदेखि कर्णाली प्रदेशका प्रहरी प्रमूख डिआईजी महेशबिक्रम शाहले कारागारमा किताब अभियान थालनी बताएका थिए ।
सोहि अनुसार विभिन्न व्यक्ति तथा संघसंस्थाहरु संग भएको किताबहरु संकलन गरी जुम्ला लगाउयत कर्णालीका कारागारमा पुस्तकालय स्थापना भएको हो ।
जुम्ला कारागारमा नेपालका चर्चित लेखक शिवानी सिंह थारुको उपस्थितीमा कैदीहरुलाई किन पुस्तक पढ्ने, समय व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया समेत गरिएको छ ।
लेखक शिवानी सिंह थारुका अनुसार नेपालमै एक नमुना कामका रुपमा यसलाई लिन सकिन्छ । कैदीहरुलाई कारागार पछिको जीवन सफल बनाउन पुस्तक अभियानले ईटाको काम गर्ने उनको विश्वास छ ।
नेपाल प्रहरीको सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत थालिएको कारागारलाई किताब अभियानले जुम्लामा ७ सय ९० किताबहरु संकलन भएका थिए ।
डिएसपी सिताराम रिजालले भने, विभिन्न लेखकका जीवन बदल्ने केहि सिक्ने खालका पुस्तकहरु खेजी खोजी संकलन गरेको उनको भनाई छ ।
जुम्लामा झण्डै ८४ जना कैदी हरेका छन् । उनीहरुले अबका दिनमा आफुले चाहेका विभिन्न पुस्तकहरु प्ढ्न पाउने भएका छन् ।
कैदीको जीवनपछि समाजमा पुनस्थापना गर्न सहजताका लागि कारागारमा पुस्तकालय आबश्यकताको विषय हो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन, सरकारले कारागारलाई सुधार गृहका रुपमा विकास गर्ने प्रयास गर्दै छ ।
भने, केदीका सेवा सुविधा देखि उनीको बाँकी जीवन सफल्ताका लागि यो अभियान एक महत्वपुर्ण पाटो बन्ने बताईन ।
किताब पढेर आफ्नो आचरण सुधार गर्दै जानुहोस, जसले गर्दा समाजमा पुनस्र्थापना हुँदा सहज हुने उनको सुझाब छ । लेखक विशानी सिंह थारुले पुस्तकले जीवन बदल्नछ ।
कर्णालीका कारागारमा थालिएको यो अभियानले यहाँका कैदीहरुलाई समाजको एक कुशल व्यक्ति बनाउने उनको अपेक्षा छ ।
यता जिल्ला कारागार कालिकोटमा पनि पुस्तकालय स्थापना संगै उद्घाटन गरिएको डिएसपी बिनोद शर्माले बताए ।
उनका अनुसार कालिकोटमा रहेका ६४ जना कैदी बन्दी अब नयाँ नया पुस्तक पढ्न पाउने भएका छन् । डिएसपी शार्माका अनुसार कारागारमा पुस्तकालय स्थापना गर्ने डिआईजी महेशबिक्रम शाहको अभियानले सार्थकता पाएको छ ।
उनले भने,कारागारमा पुस्तकालय स्थापना भएपश्चात कैदीहरुको जीवनले नयाँ उचाइ लिनेछ । जसका लागि आवश्यकताका आधारमा थप कितताबहरुको व्यवस्थापन पनि गर्नेछौँ ।
कालिकोटमा ५ सय ७३ वटा विभिन्न विषयका पुस्तक संकलन गरिएका छन् । कारागारका कैदीहरुलाई कारागारबाट बाहिर जाँदा ज्ञान र सीप लिएर जाउन र एक सफल जीवन बनाउनु भन्ने यस अभियालनको लक्ष्य हो ।
कर्णालीका १० वटै जिल्लामा पुस्तकालय उद्घाटन पश्चात कैदीहरुमा एक किसिमको उत्साह आएको कैदी खड्कजीत रोकायाले बताए । उनका अनुसार उराठ लाग्दो समय अब पुस्तक पढेर जाने आशामा छन् ।
सागर परियारको रिपोट
...
सनिबार, २३ चैत,०७५
प्रकाशित: २०७५ चैत्र २२
प्रकाशित: २०७५ चैत्र २२
April 5th 2019
प्रतिक्रिया दिनुहोस्