नेपाली समय: ०१:१८:१० बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

बारा–पर्सा आँधि हुरी पीडित सहयोगको लागि खुल्यो ००१००६०२४७६९५ नम्बरको ‘टान आपतकालीन राहत कोष’ सहयोगको घोषणा

निर्माण सञ्चार, काठमाडौं । बारा पर्सा आँधि हुरी सहयोगको लागि ट्रेकिङ्ग एजेन्सी एशोएशन अफ नेपाल (टान) टानले आपतकालीन राहत कोष खडा गरेको छ ।

राहत कोषको ००१००६०२४७६९५ खाता नम्बरमा टानको कर्मचारी तथा टानमा आवद्ध एजेसीले सहयोगका लागि यो खातामा नगद जम्मा गर्ने सकिने छ ।

राहत कोष मानविय कल्याणकोष विभागका संयोजक चन्द्र गुरुङको संयोजनमा काम कारबाही अगाडी बढेको छ । आँधि हुरी पीडित सहयोगको लागी टान आपतकालीन राहत कोषको २५ सदस्य कार्य समेती गठन गरीएको छ ।

उप्त्त समेतीले करीब एक हप्ताभित्रमा पीडितहरु समंक्ष राहात वितरण गरीसक्ने लक्ष्य रहेको कोषका तथा टानको अध्यक्ष नबराज दाहालले बताए ।

टानको सहकार्यमा करीब १८ सय भन्दा बढि एजेन्सीको सहकार्यमा आवद्ध रहेकोले सम्पूर्णलाई आँधि हुरी पीडित सहयोगको लागी टान आपतकालीन राहत कोषमा नगद तथा जेन्सी सामग्रीको टानले अपील गरेको छ ।

टानको आजको निर्माण गरीएको समेतीमा कोषमा ३० हजार नगद जम्मा भएको र अन्य विभिन्न टानका कर्मचारी तथा एजेन्सीले सहयोगको घोषणा गरेका छन ।

...

सुक्रबार, २२ चैत, ०७५

 



प्रकाशित: २०७५ चैत्र २३
April 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार