नेपाली समय: ०७:३९:१४ बिहान
वि.सं २०८३ बैशाख ५   शनिवार

रारा जाने पर्यटक अलपत्र

निर्माण सञ्चार काठमाडौं । वर्खा नलाग्दै यस वर्ष कर्णाली राजमार्ग अबरुद्ध भएको छ । गएको शुुक्रबार दिउँसो असिनासहित भएको भारी वर्षाका कारण राजमार्गको गगने खोलामा पहिरो जाँदा ३ दिन देखि कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

शुक्रबार देखि अबरुद्ध कर्णाली राजमार्ग अझै संचालनमा आएको छैन् । कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्ड अन्तरर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका स्थित गगने खोलामा पहिरो गएको छ ।

जसले गर्दा सडक अबरुद्ध हुुँदा यात्रु तथा रारा जाने पर्यटकहरु अलपत्र परेका छन् । भारी वर्षका कारण ठूलो पहिरो खस्दा शुक्रबार बेलुकादेखि कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

गगने खोलामा वर्षेनी वर्षायाममा पहिरोे जाथ्यो तर यस वर्ष वर्खा नलाग्दै ठुलो पहिरो गएपछि यातायात सेवा बन्द भएको हो ।

पटक पटक कर्णाली राजमार्ग अबरुद्ध भएर कर्णालीमा यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आएका छन् । तर यो वर्ष भने चैतमै असिना पानीले गगनेको भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरोले राजमार्ग पुरै भत्काई दिएको छ । स्थानीय कमल शाहिले बभने, सडकको स्वरुप नै बिगारी दिएको छ । सामान्य पानी पर्दा पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापन आज सम्म हुन नसकेको प्रति उनले आक्रोश व्यक्त गरे ।

उनले भने, तीन दिन सम्म राजमार्ग अबरुद्ध हुँदा पनि यहाँका कुनै सरोकारवालाले चासो देखाएका छैनन् । भने, सडक विभागले पनि कर्णाली राजमार्गको सडक सुरक्षाका विषयमा गम्भीर नभएको गुनासो गरे ।

तीन दिन सम्म बाटोमै खर्च चलाउन मुस्किल भएको अर्कायात्रु रतन बुढाले बताए । शुक्रबार बेलुकी ४ बजेदेखि गगने खोलामा निरन्तर पहिरो खस्दा कर्णाली राजमार्गमा संचालन हुने सवारी साधन, रारा ताल जाने आन्तरिक पर्यटक बीच बाटोमै अलपत्र परेका छन् ।

मेल सेवा मार्फत यात्रा

पहिरो गएको तीन दिन सम्म पनि कसैले चासो नदेखाएपछि यातायात व्यवसायीहरुले मेल सेवा मार्फत यात्रुलाई आवतजावतमा सहज बनाएका छन् ।

तेस्रो दिन आईतबार पहिरो गएको गगने खोलाबाट मेल सेवा शुरु गरिएको हो । सुर्खेत, नेपालगन्ज, काठमान्डौ बाट आएका साना ठुला यात्रुबाहक सवारीलाई गगने खोलाबाटै जुम्ला, र मुगुबाट गएका गाडीका यात्रु हाली पठाउने गरिएको कालिकोटका डिएसपी बिनोद शर्माले बताए ।

उनका अनुसार सार्वजानिक यातायातमा आएका लाई मेल गरेका छौ । तर व्यक्तिगत गाडी ल्याएका रिर्जवमा आएका रारा जाने पर्यटक तथा अन्य यात्रु अलपत्र परेका छन् । भने, मालबाहक सवारीहरु तीनदिन देखि गगने खोलामै थन्कीएको डिएसपी शर्माले बताए ।

डिएसपीका अनुसार शनिवार दिनभरी एक डोजर प्रहरीलाई खटाउँदा पहिरो पन्छान सकिएन । जसले गर्दा आज यात्रुहरुको चाप लाइ मध्यनजर गरी मेल सेवा मार्फत संचालन गरिएको छ ।

भने, आईतबार बाट विभिन्न ठाउँदेखि तीनवटा डोजर मगाइएका छन् । तर पहिरो स्थलमा पुगेका कहिले सडक खुल्ने भन्ने कुुनै निश्चित छैन् ।

वर्षामा धुलो दिउदमा हिलाृ भएर सडक भएर सास्ती पाएका कर्णाली बासीले चैतमै सडक अबरुद्ध हुँदा कष्टकर यात्रा गर्नु परेको छ ।

मेल सेवा मार्फत सामान यताउता गर्न निकै गाह्रो भएको यात्रु नवराज बुढाले बताए । पहिरो जाने सम्भावित ठाउँहरुमा सडक विभाग तथा प्रदेश सरकारले सुधार गर्ने तथा तत्तकाल सकड खोल्ने व्यवस्था हाल सम् मगर्न नसक्दा समस्या भएको द्धछ ।

राजमार्ग अवरुद्ध हुँदै आएपनि पहिरोको दीर्घकालिन व्यवस्थापनका विषयमा सम्बन्धित निकायले चासो नदेखाउँदा यात्रुहरुले सास्ती खेपिरहेका छन् ।

सागर परियारको रिपोट

...

आइतबार, २४ चैत, ०७५

 

 



प्रकाशित: २०७५ चैत्र २३
April 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार