नेपाली समय: ०१:३४:५७ बिहान
वि.सं २०७६ जेठ १३   सोमवार

यार्सा पछिको महँगो गुच्छी च्याऊप्रति किन मौन छ कर्णाली सरकार ? अनुसन्धान गराउन जुम्लाबासीको दबाब

निर्माण सञ्चार, काठमाडौं । चन्दननाथ नगरपालिका २ का रामकृष्ण बुढ्थापा जडिबुटि किसान हुन् । गाउँ नजिकै रडिखोल्ला भन्ने वनमा रहेको जग्गामा उनले जडिबुटि खेती गरेको वर्षौ भयो ।

उनले विभिन्न खालका जडिबुटिको खेती गर्दैै आएको पनि दशौकौ भईसकेको छ ।

उनका अनुसार ५–६ वर्ष पहिले वनमा गुच्छी च्याउ पाईन्थो, विक्री पनि गरिन्थ्यो तर अहिले खोज्दा पनि पाईदैन् उनले भने, बजारमा गुच्चीको माग छ, उत्पादन छैन्, कृत्रिम उत्पादनका लागि उपयुक्त प्रविधिको अनुसन्धान गर्न उनको माग छ ।

त्यसै सिंजा गाउँपालिका ६ का लाल बहादुर बुढाले पनि झण्डै २ हेक्टर जमिनमा जडिबुटि खेती गरेका छन् । अतिस, अक्कर काँडा लगायत २६ प्रजातीका जडिबुटिको खेती गरिरहेको रावतले बताए ।

अतिसका मात्रै झण्डै ४० हजार बोट रहेका छन् । तर बजारमा गुच्छीको माग छ, पुराउन सकिदैन् ।

गाउँमा जडिबुटि खेती गर्ने किसानको पहुँचमा यार्साटिप्ने सम्भव छैन् । भने, गुच्छी च्याउ पाउन छोडेको छ ।

तर घरमै कृत्रिम खेतीका लागि अनुसन्धान भएको भए हामी जस्ता सयौ किसानलाई राहात हुने उनको आशा छ । रामकृष्ण र लालबहादुर जस्तै कर्णालीका सयौ किसानले गुच्छी च्याउको कृत्रिम उत्पादनका लागि छिटो भन्दा छिटो अनुसन्धान कार्यलाई अघि बढाउन माग गरेका छन् ।

नाष्टाको टिम जुम्ला आएर च्याउका अबसर चुनौतीका विषयमा जानकारी दिनुका साथै, कृत्रिम उत्पादनका लागि अनुसन्धान गर्ने भनेपछि यहाँका जडिबुटि किसान खुसी भएका छन् ।

कर्णालीमा ५९ प्रतिशत गुच्ची च्याउ

बहुमुल्य जडिबुटी यार्सागुम्बा पछिको महंगो तथा बहुमुल्य जडिबुटि गुच्छी च्याउ हो । जसको विश्व बजारमा माग बढ्दै गएको छ । प्राकृति रुपमा पाईने गुच्छी च्याउ ह्रास हुदै गएको छ ।

मानविय असिमित आवश्यकता परिपुर्तिका लागि यार्सा संगै, गुच्छी च्याउ लोपउन्मुख अबस्था रहेको एक बहुमुल्य जडिबुटि हो ।

नास्टका बैज्ञानिक अधिकृत डाक्टर जयकान्त राउतले भने,मुलुकमा ५९ प्रतिशत गुच्छी च्याउ कर्णालीमा मात्रै पाईन्छ । भने सुदुरपश्चिममा २८ प्रतिशत अन्य ठाउँमा १३ प्रतिशत पाईन्छ ।

वैज्ञानिक राउतले थपे, लोपउन्मुख गुच्ची च्याउको दिगो सदुपयोगको एक मात्र उपाय कृत्रिम उत्पादन हो । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान –नास्ट का बैज्ञनिकहरुको टिमले अनुसन्धान थाल्ने भएको छ ।

गच्ची च्याउको विश्व ब्यापार वार्षिक रुपमा ७५ लाख अमेरिकी डलर हुन्छ ।

राउतले भने, तर नेपालमा वर्षेनि ५ देखि १० टन उत्पादन हुन्छ । जसको ५९ प्रतिशत कर्णालीबाट मात्रै निर्यात हुन्छ ।

पछिल्लो समय वन जंगल तथा पाटनहरुमा भईरहेको अबैध उत्खननका कारण, गुच्छी च्याउ लगायत, सेतो चिनी, सतुवा, सुमायो, सुगन्धवाल, रातो च्याउ, साधारण च्याउ लगायतका जडिबुटि सबै लोपउन्मुख अबस्थामा छन् ।

जसले गर्दा देशको अर्थतन्त्रमा गिरावट ल्याउने संकेत गरेको अर्का बैज्ञानिक डाक्टर लोक रंजन भट्टले बताए । कर्णालीमा च्याउको उपयुत्तः प्रविधिका लागि अनुसन्धालाई अघि बढाउन नास्टको टिम तयारी रहेको भट्टले उल्लेख गरे ।

अन्तरक्रियाबाट अनुसन्धानको माग बढेपछि नाष्ट गम्भीर भएको छ ।

विश्वभरमै चर्चामा रहन्छ गुच्छी च्याऊ महँगो पनि त्यस्तै, भारतीय प्रम मोदीले खाँदा निकै चर्चामा   गुच्छी च्याऊ महत्व बढेको थियो ।

आर्थिक समृद्धीको मुख्य आधार मानिने, हिमाली क्षेत्रको जडिबुटी संरक्षण तथा प्रर्बद्धन र बजारीकरणमा सरकारले सहज वाताबरण ल्याउन नसकेको व्यापारीहरुको गुनासो छ ।

कतिपय अबस्थामा घाटा खाएर पनि बेच्नु पर्ने अबस्था आएको व्यापारी मिन बहादुर कठायतले बताए । उनका अनुसार नेपालमा जडिबुटिको बजार मुल्य दुबै नभएको बताए । किसान र व्यापारी मर्कामा रहेको उनको भनाई छ ।

 च्याउको दिगो संकलन र प्रर्बद्धन

विश्वमा १४ हजार प्रजातीका च्याउ पाईन्छ । तर नेपालमा मात्रै १ हजार २ सय ५० जातका च्याउ पाईन्छ । नेपाल विज्ञद्दान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान –नास्टको तथ्यांक अनुसार नेपालमा पाइने विभिन्न १२ सय बढि प्रजातीका च्याउ मध्य यार्सागुम्बा, र गुच्छी च्याउको माग निकै बढ्दो छ । जसको सम्भावना कर्णालीमा प्रचुर रहेको छ ।

रातो च्याउ, डाडु च्याउ, बुद्ध च्याउ लगायतका बहुमुल्य च्याउको नाष्टाले अनुसन्धान गरिरहेको छ । जुम्लामा बुधबार नेपाल विज्ञद्दान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) द्वारा आयोजित जंगली खाद्यफल तथा च्याउ सम्बन्धी अन्तरक्रियामा च्याउको कृत्रिम उत्पादन, दिगो संकलन तथा उपयोग र संरक्षण, व्यापार तथा बजारीकरण, मुल्य अभिबृद्धि तथा गुणस्तर निर्धारण, नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको छ ।

छलफल बाट कर्णालीमा गुच्छी च्याउको कृत्रिम उत्पादनलाई प्रथामिकता दिदै, अनुसन्धान कार्यलाई अघि बढाउने र दिगो संकलन तथा सदुपयोगम सबै पक्ष जिम्मेवार बन्ने निष्र्कष गरिएको छ ।

नेकपाका पुर्व सांसद डिल्ली प्रसाद काफ्लले कर्णालीका घरघरमा गुच्छी च्याउ उत्पादन गर्न सकिने बताए । राज्यले अन्वेषण तथा अनुसन्धानलाई अघि बढाएर कर्णालीका किसानका माग सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

प्राकृति उत्पादनले विश्व बजारको माग लाई धान्न सक्दैन् । उनले भने, कृत्रिम उत्पादनमा नास्ट सहित राज्यको ध्यान कर्णालीमा जानु पर्नेमा जोड दिए ।

अनुसन्धाले उपयुक्त प्रविधि दिए, वनमा पाइने गुच्छी च्याउ किसानका बारीमा पाइन सक्ने छन् । भने, कार्यक्रममा जंगली खाद्यफलको सरंक्षण र उपयोगमा किसानलाई जोड दिन सुझाब दिइएको छ ।

जंगलमा पाइने काफल, मेल, एैसेलु लगायतका जंगली खाद्य फलको प्रयोगबाट पोषण सुधारमा टेवा पुग्ने नास्टका बैज्ञानिक लोकरंजन भटट्टले बताए ।

 

___

सागर परियारको रिपोर्ट From Karnali Pradesh

 
 

 

...

बिहिबार, ०५ बैशाख, ०७६

 



प्रकाशित: २०७६ बैशाख ५
April 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार