लघु कथाः नियत– प्रह्लाद दाहाल
निर्माण सञ्चार, २० मंसिर, साहित्य ।
करिब ४ बजेतिर २०७७ साल कार्तिक २७ गते विहिबार म डेरीको काउन्टरमा बसिरहेको थिएँ, एकजना अधबैंसे महिला मूल 'घर नजिकै छिमेकमा डेरी पसल आएछ अब सजिलो हुने भो' भन्दै पूजाको लागि घरमा दूध ३५ लिटर, दहि २५ लिटर, पनिर ३ केजि अनि अलि अलि मिठाई पनि चाहिने बताउँदै रेट सोधिन ।
मैले नि सबै सामानको रेट बताएँ । उनले ूराम्रो छ नि बुढी मुवा होसिन्छ फेरि जस्तो पायो त्यस्तै खाइसिन्नू भनिन् । मैले 'राम्रो हुन्छ' भने । एकछिन उनी उभिएर बसिन र भनिन् 'गाडी कुरेको कतिखेर आउँछ होला है ?' मैले 'आउँछ एकछिनमा' भनेँ ।
उनको हातमा केही सामानहरु भएको झोला थियो । त्यसरी झोला बोकेर उभिएको देख्दा अफ्ट्यारो भयो होला भन्ने लागेर मैले उनलाई बस्नको लागि टुल दिएँ ।
उनी एकछिन गाडी आउने बेलासम्म बस्ने भन्दै बसिन । तेति बेलासम्म कहाँ नीर घर, अरु यताउता सोधखोज भयो । उनीले आफ्नो घर नजिकै रहेको, नाम समिक्षा राणा, आर्मिको परिवार, आफू श्रीमतीसंघ मार्फत सामाजिक काम गर्ने, आदि यताउता कुरा बताइन् ।
तेत्तिकैमा बस आयो र उनी 'बेलुका आएर कमफर्म गर्छु अनि पैसा पनि दिन्छु' भन्दै गइन। म पनि अब भर्खरै राखेको नयाँ पसलमा अडोर आउँदा खसी हुँदै सामान पुग्ने हो कि होइन भन्दै हेर्दै थिएँ फेरि ती महिला फर्किएर आइन ।
ड्राइभर चिया खान गएकाले गाडी एकछिनपछि जाने बताउँदै ट्राइल पनि हुने भन्दै दूध २ लिटर, दहि २ लिटर र पनिर १ केजि र लालमोहन(रसवरी लानु पर्यो भनिन् । मैले पनि हुन्छ लानु न भन्दै सामान राखी दिएँ ।
त्यसपछि ती महिलाले यो पैसा अनि भोलिको सामानको पनि सघैं बेलुका ल्याइदिन्छु नि भन्दै सामान लिएर गइन ।
मैले सामान अडोर लिँदा मेरो नम्बर र उनको नम्बर चाहिँ लिएको थिएँ । घरमा नयाँ पसल भएका कारण प्राय सबले कल गर्दा ब्यापार कस्तो छ भन्दै सोध्ने गर्थे । अनि सोध्दा मैले अडर आएको कुरा घरमा अरुलाई नि भनेको थिएँ
साँझ फ्याक्ट्रीमा भोलिलाई चाहिने सामानको अडोर गर्नुपर्ने हुन्थ्यो अनि कमफर्म गर्न भनेर अघिको फोन नम्बरमा कल गरेको त त्यो त नोलाइटको पो फोन नम्बर रहेछ ।
त्यसपछि मलाई अलि अलि शंखा लाग्न थाल्यो । अनि मनमा तिनीले गरेका कुरा, तीनका पारिवारिक कुरा, छिमेकी आदि इत्यादि कुराले मेरो मनमा 'मान्छे त तेस्तो हुन नपर्ने' भन्ने कुराहरु खेल्न थाले ।
तेत्तिकैमा बाबुले र म्यामले अडोरको सामान फ्याक्ट्रीमा भनेको हो भनेर सोध्न थाले। मलाई के भन्नु न के भयो र कुरा अन्तैतिर मोडें ।
खाना खाएर सुत्न गएको मनमा अनेकौं कुरा खेलेर निन्द्रा नै लागेन । त्यसपछि कति खेर निदाएछु थाहा नै पाइन ।
राती सपनामा पनि दिउसको कुराले होला, तिनै महिलाको बारेमा सपना देखेछु । सपनामा मैले ती महिला त्यस्ती ठग नभएको र भोलिपल्ट बिहान आएर सबै पैसा दिएर अडरको सामान पनि लगेको देखेछु । बिहान भयो अनि सपनाको कुरा नै सहि होला जस्तो लागिरह्यो । तर जब ९ बज्यो अनि भने ती महिला आउने आश ममर्यो ।
त्यसपछि चाहिँ ती महिला ठग र म ठगिएको निष्कर्षमा पुगें ।कुरा म ठगिनुसँग होइन ।हाम्रो समाज कतातिर जाँदै छ भन्ने कुरा चाहिँ मुख्य हो । हिजो हामी जे जे सामान जहाँ जहाँ राखे पनि केही हुदैनथ्यो । हामी अरुलाई ढाँट्न, छल्न हुँदैन पाप लाग्छ भन्ने संस्कारबाट आएको आज यी सब कुरा देख्दा, सुन्दा र झन् आफैंले भोग्दा त अचम्मका साथ उदेक लागेर आयो ।
मनमा अनेकौं कुरा खेले ।
अब भोलिका दिनमा अझ के के देख्न र सुन्न पर्ने हो भन्ने लाग्यो। मन नै भारी भयो र ती महिलालाई सम्झदै यी ठुला भन्ने अनि आफूले आफैंलाई इज्जतदार सम्झिने मान्छेहरु प्रति घृणा पनि जागेर आयो ।
बरु यहाँ गरिब, झुत्त्रे( झाम्रे र राम्रोसँग नबोल्नेले अरुले ठग फटाहा भने पनि तिनीहरु खास फटाहा होइनन् ।तिनीहरुसँग तपाई हामी जोगिन सक्छौं । यस्ता स्ट्यान्डर्ड ठगले तपाई हामी सबैलाई अनाहकमा योजनाबद्ध रुपमा ठग्न सक्छन् ।
त्यसकारण यहाँहरुले पनि आफूले नचिनेको मानिस नजिक बनेर आउने, मीठो बोल्ने, आफन्त झैँ गरेर व्यवहार गर्न खोज्ने, हेर्दा खानदानी परिवारको लाग्नेसँग ख्याल गर्नु होला ।
राम्रो बोल्दैमा, राम्रो लगाउँदैमा, गाडी चढ्दैमा, शहरमा घर हुँदैमा, राम्रो जागीर हुँदैमा, खानदानी देखिंदैमा मान्छेको नियत सफा हुन्छ भन्ने हुँदैन ।
अब हामीले यसरी ठग्दै हिड्ने मानिसको बेलैमा नियत सफा गर्न सकेनौं भने हाम्रो समाजमा यस्ता हजारौं अरु घटना हुन सक्छन् ।
अनि हाम्रो समाज उदो गति तिर लाग्न सक्छ । त्यसैले अब हामी सबैले यस्ता समाजमा बिकृती फैलाउँदै हिड्ने यस्ता मानिसहरुसँग सजग रहौं ।
यस्ता ठगहरुको बारेमा समाजमा चर्चा गर्ने गरौं र यिनीहरुकोे हुलियाको बारे सकेसम्म सबैलाई जानकारी गराऔं । आफू पनि ठगिनबाट बचौ र अरुलाई पनि बचाऔं ।
OOO
प्रकाशित: २०७७ मंसिर २०
प्रकाशित: २०७७ मंसिर २०
December 5th 2020
प्रतिक्रिया दिनुहोस्