नेपाली समय: ०२:३६:४२ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

नेपालसामू अमेरिका हारेको क्षण ! ३५ रनले अमेरिका हार्दा उदाए कुशल मल्ल !

निर्माण सञ्चार, २५ माघ, काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुशल मल्लको अर्धशतक सहित नेपालले अमेरिकालाई ३५ रनले हराएको छ।

युवा अलराउण्डर कुशल मल्ल ओडीआई (एक दिवशीय) यस डेब्युमा उदाएका छन् । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको खेलमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पच्छ्याएको अमेरिका ४४.१ ओभरमा १ सय ५५  रन  बनाउँदै अलआउट भएको हो।

यो जितसँगै नेपालले ७ टिम सहितको लिग खेलमा अंकको नयाँ खाता खोलेको छ । 

घरेलु मैदानमा भएको उक्त त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अघिल्लो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । अमेरिकालाई हराएसँगै नेपालले पहिलो जित हाता पारेको हो । 

यो जितसँगै नेपालले २ अंक जोड्न सफल भएको छ ।

यो डेब्युमा अलराउन्डरका रुपमा कुशल मल्लले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका छन् । उनी यो खेलमा सबैभन्दा कान्छो खेलाडी (१६ वर्षीय) हुन् ।

विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाउन सफल भए । जुन पछि नेपालले ५० ओभरमा १९० रन बनाएको थियो । ४९.५ मा रहेको नेपाली इनिङ्स कुशल र विनोदले नै सम्हालेका थिए ।

नेपालका लागि करण केसी ४ विकेट लिए । यस्तै सुसन भारीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिन सफल भएका थिए।

यसअघि नेपालले ४९.२ ओभरमा १ सय ९० रन बनाएर अलआउट भएको थियो।

नेपालका लागि सबभन्दा बढी कुशल र विनोद भण्डारीले रन बनाएका थिए। कुशलले ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पार गरेका थिए। 

उनले ५१ बलमा ५० रन बनाएका हुन्। त्यस्तै नेपालका लागि विनोद भण्डारीले अर्धसतक पार गरेका थिए।

उनले ७९ बलम ५९ रन बनाए। उनले ६ चौका र १ छक्का हानेका थिए। आजको खेलमा म्यान अफ दि म्याचका रुपमा करण केसी घोषित भए ।


०००



प्रकाशित: २०७६ माघ २५
February 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार