नेपाली समय: ०३:४०:२७ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

अद्भूत रामायण वाचन सहित सीता जयन्ती सम्पन्न

निर्माण सञ्चार २८ बैशाख २०७९, काठमाडौं

मर्यादा पुरुसोत्तम रामको जन्म चैत्र रामनवमी मनाए जस्तै मातृशक्तिको सम्मान स्वरुप बैशाख २७ गते मंगलबार सिता जयन्ती अद्भूत रामायणको कथा वाचन सहित सम्पन्न भएको छ । 

राष्ट्रिय ज्योतिष विज्ञान संजीवनी यज्ञशाला गोठाटारको प्रांगणमा भएको कार्यक्रममा बोल्दै समाजसेवी प्रभालक्ष्मी राणाले यज्ञशालाको निर्माणमा आफ्नो अझ बढी सहयोग हुने र सिता जयन्ती जस्तो दिवसले मातृशक्तिको विकास निर्माणमा सम्मानपूर्ण अर्थलाई अगाडि बढाउन सहयोग पुग्ने बताइन् । 

आर्य समाज नेपालको टिमले बत्तिसपुतलीको राममन्दिरमा रामसहित सितामाताको पुजाअर्चना सम्पन्न गरी सकेपछि गोठाटार स्थित यज्ञशालाको प्रांगणमा भएको कार्यक्रममा यज्ञशालाका संस्थापक अध्यक्ष राजयोगी ज्योतिषाचार्य तुलसीराज पौडेलले सितामाताको जन्मका कथा सहित अद्भुत रामायणको वाचन गरी उपस्थित व्यत्तित्वहरुलाई सितामाताको जयन्तीको महत्वबारे प्रकाश पारे । 

कार्यक्रममा संस्थाका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने उपस्थित समाजसेवी व्यक्तित्वहरुले संस्थाको भवन निर्माणको लागि आफ्नो क्षमता अनुसार सहयोग समेत गरेका सिता जयन्ती मूलसमारोह समितिका अध्यक्ष समेत रहेकी समाजसेवी प्रभालक्ष्मी राणाले निर्माण सञ्चार प्रतिनिधि सरस्वती चौलागाईलाई जानकारी गराइन् । 

बन्दै गरेको तीन तले यज्ञशाला भवन निर्माणको लागि उपस्थित समाजसेवीहरुबाट करिव ४ लाख रुपैयाँ संकलन भएको छ ।

मातृशक्तिको सम्मान स्वरुप राष्ट्रिय ज्योतिष विज्ञान संजीवनी यज्ञशाला नेपाल, आर्य समाज नेपाल, राष्ट्रिय ज्यातिष विज्ञान सेवा समिति, वैदिक सनातन कर्मकाण्ड महासंघ नेपाल लगायतका संस्थाहरुले २०४७ सालदेखि नै विभिन्न कार्यक्रम गरी मनाउँदै आइरहेको आर्य समाज नेपालका संस्थापक अध्यक्ष एवं यज्ञशालाका प्रचार संयोजक नारायण बहादुर श्रेष्ठले बताए । 

 

संवाददाता— सरस्वती चौलागाई

 

OOO



प्रकाशित: २०७९ बैशाख २९
May 12th 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार