नेपाली समय: ०६:२७:५३ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

भूकम्प गएको चार बर्षः कहिले बन्छ पशुपति ? पुनर्निर्माणले गति लिन सकेन (फोटो फिचर)

आइतबार, जेठ १२, ०७६, निर्माण सञ्चार,काठमाडौं । विश्‍वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र राष्ट्रिय गौरवका एतिहासिक सम्पदा भूकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माण हुन सकेको छैन ।

पशुपतिनाथ मन्दिरको दर्शनको लागि दिनहु हजारौ पर्यटकको घुइँचो लाग्ने पशुपति क्षेत्रको भैतिक संरचना पुनर्निर्माण कार्य नहुनु सिँङगो नेपालको लागि चुनैतीको बिषय हो ।
यसमा सरोकारवाला पक्षबाट चासो नदेखाउदा यसले नेपालको स्थितीको चित्रण गर्दछ । पशुपति क्षेत्रभित्रका प्राचीन सम्पदा पुनर्निर्माण कार्य लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैनन् । 

भूकम्पपश्चात् वनकाली धर्मशाला जीर्ण भएकाले हालसम्म सञ्चालनमा आएको छैन। महास्नान घर र मृगस्थली क्षेत्रमा रहेका विश्वरूप मन्दिरको भग्नावशेषसमेत अझै हटाइएको छैन। काठ र मूर्ति यत्रतत्र छरिएका छन् भने आधा भाग भाँचिएको छ। मूर्तिको रङरोगन उडेको र संरक्षण नभएको देखिन्छ।

  
 



प्रकाशित: २०७६ जेठ १२
May 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार