अर्थमन्त्रीले स्वीकारे, ‘हुन सकेन पुँजीगत खर्चमा सुधार’– आर्थिक सर्वेक्षणः कुल लगानी २९.०%ले बढ्दा २१ खर्ब ५७ अर्ब हुने
सोमबार, १३ जेठ, ०७६, निर्माण सञ्चार, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालू (आव ०७५–७६) को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै ‘पुँजीगत खर्चमा सुधार हुन नसकेको’ स्वीकार गरेका छन् ।
...
कुल गार्हस्थमा वृद्धिः आर्थिक वृद्धिदर ७ र मुद्रास्फीति ४.२ प्रतिशत संसद्मा सम्बोधन गर्दै अर्थमन्त्रीले चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिले बचत क्षमतामा समेत बढेको जानकारी दिए ।
उनले चालू आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत रहेको र मुद्रास्फिति ४.२ प्रतिशत रहेको बताए । यो चालू आवको फागुनसम्ममा औसत आर्थिक वृद्धि र मुद्रास्फीति दर हो । उनका अनुसार चालू आवमा बीमामा ठूलो सुधार भएर १८ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेको दाबी गरेका छन् । भौतिक पूर्वाधार विकास परिसूचक उत्साहजनक चालू आवको विकास खर्च अत्यन्तै धिमा रहेको अवस्थामा पनि डा खतिवडाले भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेका बताएका छन् । डा खतिवडाले चालु आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेका दाबी गरेका हुन् । उनका अनुसार यतिबेला मुलुकमा राजनीतिक स्थायित्व कायम भएकाले लगानीको वातावरणमा सुधार आएको छ भने विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धितिर लम्किरहेको छ । आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको दावी गरे। कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको उनको भनाइ छ । आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म १४ हजार १ सय २ किमी कालोपत्रे, ७,८८१ किमी खण्डास्मित र ९,४१० किमी कच्ची सडक गरी कुल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलोमीटर रहेको छ। हुम्ला बाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्। राजस्वमा २१.७ प्रतिशतले वृद्धि अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व ५ खर्ब रहेको बताएका छन् । अघिल्लो वर्षका तुलनामा राजस्व २१.७ प्रतिशतले बढेको उनले बताए ।
लामो समयपछि आन्तरिक बचत वृद्धि अर्थमन्त्री खतिवडाले विगत लामो समयदेखि आजको दिनमा आन्तरिक बचत बढेको दाबी गरेका छन् । उनले धेरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको बताएका हुन् । उनले भने, ‘यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।’ अर्थमन्त्रीले शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार तथा ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार भएको बताए । पुनर्निर्माणमा उत्साहजनक सुधार भूकम्पपछिको पुनर्निर्माणबारे अर्थमन्त्री खतिवडाले उत्साहजक गति लिएको दाबी गरेका छन् । पुनर्निर्माणको तथ्याङ्क दिदै पुनर्निर्माणमा उल्लेख्य गतिले अघि बढेको बताएका हुन् । २०७५ फागुनसम्म करिब ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको छ। २६२ सरकारी भवन, ४,२०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको छ। लगानीको वातावरण बनेको अर्थमन्त्रीले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत र कानुनी सुधारको परिणामस्वरुप दिगो र उच्च आर्थिक वृद्धिको बाटो तर्फ मुलुक अघि बढिरहेको बताए ।
उनका अनुसार आगामी दिनमा मुलुक आर्थिक वृद्धिको बाटोमा तीव्र रुपले अघि बढ्ने दाबी पनि गरेका छन् । वैदेशिक सहायता र ऋण संसद्मा अर्थमन्त्रीले चालु आर्थिक वर्षमा १ खर्ब ७ अर्ब रुपियाँ बरारबर वैदेशिक सहायता प्राप्त भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा यो रकम बराबरको सहायता देखिएको हो । सहायतामध्ये वैदेशिक अनुदान १३ अर्ब रुपियाँ रहेको छ भने ऋण ९३ अर्ब रुपियाँ रहेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ। जसमध्ये तीन खर्ब ७८ अर्ब आन्तरिक ऋण र पाँच खर्ब ९५ अर्ब बाह्य ऋण रहेको अर्थमन्त्रीले जानकारी गराए । गरिबीको संख्या घटेको दाबी अर्थमन्त्रीले दाबी गरे अनुसार निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान प्रस्तुत गरेका छन् । प्रतिव्यक्ति आय बढ्यो खर्चको क्षमता पनि अर्थमन्त्रीका अनुसार आर्थिक वर्ष २०७५–७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपियाँ पुग्ने अनुमान दिएका छन् भने प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रुपियाँ पुगेको अनुमान छ। लगानीमा २९ प्रतिशतले वृद्धि उनका अनुसार आर्थिक वर्ष २०७५–७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब रुपियाँ हुने अनुमान छ। आर्थिक सर्वेक्षणको प्रमुख बुँदाहरु निम्नानुसार छन्—https://drive.google.com/file/d/1shB3mXzisU2BfBROgWJSfIwAXR03zMy6/view
सम्माननीय सभामुख/अध्यक्ष महोदय,
१. चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाछन्। राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको छ।
२. आर्थिक वर्ष २०७५–७६ मा ठ।ण् प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान छ। आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ।
३. आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको छ। कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको छ। विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ। यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ।
४. शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार एवम् ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गरेको संकेत गरेका छन्। आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको छ।
उच्च लगानीका लागि औद्योगिक तथा पूँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ।यसवाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको छ।
५. उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण आप्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रूपमा घट्दै गएको छ। निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान छ ।
६.आर्थिक वर्ष २०७५-७६ मा प्रतिव्यक्ति आय रु १ लाख १७ हजार पुग्ने अनुमान छ। प्रतिव्यक्ति खर्च योग्य आय रू १ लाख ५५ हजार पुगेको अनुमान छ।
७. आर्थिक वर्ष २०७५-७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई रु २१ खर्ब ५७ अर्ब हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ।
८. आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४–७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई रु. ५ खर्ब ४१ अर्ब पुगेको छ।
९. आर्थिक वर्ष २०७५–७६ को फागुनसम्म संघीय विभाज्य कोष–संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व रु. ५ खर्ब रहेको छ। यो रकम आर्थिक वर्ष २०७४–७५ को सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढी हो।
१०.आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म अनुदान रु १३ अर्ब र ऋण रु ९३ अर्ब गरी थप रु १ खर्ब ७ अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ।
११. २०७५ फागुनसम्ममा कुल सार्वजनिक ऋण रु।९ खर्ब ७८ अर्ब रहेको छ। यस मध्ये रू। ३ खर्व ८३ अर्व ५९ करोड आन्तरिक ऋण र रू। ५ खर्व ९५ अर्व बाह्य ऋण रहेको छ।
१२आर्थिक वर्ष २०७५-७६ मा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेका छन्। २०७५ फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बैक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ४,७०१ पुगेको छ।
बिमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म करिब १८.० प्रतिशत नागरिकमा बिमाको पहूँच पुगेको छ।
धितोपत्र बजार सुधारोन्मुख छ।
१३. आर्थिक वर्ष २०७५-७६ को फागुनसम्ममा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ४९ अर्ब पुगेको छ।
यस अवधिमा कुल वस्तु व्यापार घाटा रु. ८ खर्ब ८८ अर्ब रहेको छ।
१४. आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म शोधनान्तर स्थिति रु ५९ अर्ब घाटामा रहेको छ। यस अवधिमा चालु खाता रु १ खर्ब ९१ अर्बले घाटामा रहेको छ।
आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ८२ अर्ब पुगेको छ। यस अवधिमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ।
१५. आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म २१८ उद्योगहरुमा रु ११ अर्व लगानी प्रतिबद्धता भई थप ७,९५३ रोजगारी सिर्जना हुने अनुमान छ। स्वदेशी एवम् विदेशी लगानीकर्ताको उत्साहमूलक सहभागिताकासाथ लगानी सम्मेलन सम्पन्न भएको छ।
१६.आर्थिक वर्ष २०७५-७६ फागुनसम्म कुल जनसङ्ख्याको ७७.८ प्रतिशत जनसङ्ख्यामा विद्युत सुविधा पुगेको छ।
आर्थिक वर्ष २०७५-७६ फागुनसम्म कुल विद्युत उत्पादन ११४२ मेगावाट रहेको छ भने कुल जनसङ्ख्याको करिब १८.० प्रतिशत जनसङ्ख्यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत सुविधा पुगेको छ।
१७. आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म १४ हजार १ सय २ किमी कालोपत्रे, ७,८८१ किमी खण्डास्मित र ९,४१० किमी कच्ची सडक गरी कुल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलोमीटर रहेको छ।
हुम्ला बाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्।
१८. राष्ट्रिय गौरवका आयोजनाहरू मध्ये चालु आर्थिक बर्ष भित्रै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न हुनेछ भने पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ।
१९. सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटक बाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन्। हवाईमार्गबाट आउने पर्यटकको अंश ८२.८ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको अंश १७.२ प्रतिशत रहेको छ।
२०. भूकम्पपछि पुनर्निर्माणको काममा तीव्रता आएको छ। २०७५ फागुनसम्म करिब ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको छ। २६२ सरकारी भवन, ४,२०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको छ।
२१. संघ, प्रदेश र स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संघ अन्तर्गतका कर्मचारीलाई तीन तहमा समायोजन गरिएको छ। यसले संघीयता कार्यान्वयन र सार्वजनिक सेवाप्रवाहमा थप योगदान पुगेको छ।
२२ समग्रमा यो आर्थिक सर्वेक्षणले अर्थतन्त्रका सवल र सुदृढ हुँदै गएका तथा दिगो विकास र स्थायित्वका लागि थप प्रयास गर्नुपर्ने क्षेत्रहरूलाई समेटेको छ। यो सर्वेक्षण सार्वजनिक, निजी, सहकारी एवं सामुदायिक क्षेत्रको नीति निर्माण, अनुसन्धान र विश्लेषणका लागि उपयोगी हुने मैले विश्वास लिएको छु।
धन्यवाद।
प्रकाशित: २०७६ जेठ १३
...
कुल गार्हस्थमा वृद्धिः आर्थिक वृद्धिदर ७ र मुद्रास्फीति ४.२ प्रतिशत संसद्मा सम्बोधन गर्दै अर्थमन्त्रीले चालू आवमा कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिले बचत क्षमतामा समेत बढेको जानकारी दिए ।
उनले चालू आवमा आर्थिक वृद्धिदर ७ प्रतिशत रहेको र मुद्रास्फिति ४.२ प्रतिशत रहेको बताए । यो चालू आवको फागुनसम्ममा औसत आर्थिक वृद्धि र मुद्रास्फीति दर हो । उनका अनुसार चालू आवमा बीमामा ठूलो सुधार भएर १८ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेको दाबी गरेका छन् । भौतिक पूर्वाधार विकास परिसूचक उत्साहजनक चालू आवको विकास खर्च अत्यन्तै धिमा रहेको अवस्थामा पनि डा खतिवडाले भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेका बताएका छन् । डा खतिवडाले चालु आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेका दाबी गरेका हुन् । उनका अनुसार यतिबेला मुलुकमा राजनीतिक स्थायित्व कायम भएकाले लगानीको वातावरणमा सुधार आएको छ भने विद्युतको नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेको कारण समेत अर्थतन्त्र उच्च आर्थिक वृद्धितिर लम्किरहेको छ । आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको दावी गरे। कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको उनको भनाइ छ । आर्थिक वर्ष २०७५-७६ को फागुनसम्म १४ हजार १ सय २ किमी कालोपत्रे, ७,८८१ किमी खण्डास्मित र ९,४१० किमी कच्ची सडक गरी कुल सडकको लम्बाई ३१ हजार ३ सय ९३ किलोमीटर रहेको छ। हुम्ला बाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्। राजस्वमा २१.७ प्रतिशतले वृद्धि अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व ५ खर्ब रहेको बताएका छन् । अघिल्लो वर्षका तुलनामा राजस्व २१.७ प्रतिशतले बढेको उनले बताए ।
लामो समयपछि आन्तरिक बचत वृद्धि अर्थमन्त्री खतिवडाले विगत लामो समयदेखि आजको दिनमा आन्तरिक बचत बढेको दाबी गरेका छन् । उनले धेरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको बताएका हुन् । उनले भने, ‘यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।’ अर्थमन्त्रीले शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार तथा ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार भएको बताए । पुनर्निर्माणमा उत्साहजनक सुधार भूकम्पपछिको पुनर्निर्माणबारे अर्थमन्त्री खतिवडाले उत्साहजक गति लिएको दाबी गरेका छन् । पुनर्निर्माणको तथ्याङ्क दिदै पुनर्निर्माणमा उल्लेख्य गतिले अघि बढेको बताएका हुन् । २०७५ फागुनसम्म करिब ६ लाख ५ हजार निजी घरको निर्माण अघि बढेको छ। २६२ सरकारी भवन, ४,२०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएको छ। लगानीको वातावरण बनेको अर्थमन्त्रीले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत र कानुनी सुधारको परिणामस्वरुप दिगो र उच्च आर्थिक वृद्धिको बाटो तर्फ मुलुक अघि बढिरहेको बताए ।
उनका अनुसार आगामी दिनमा मुलुक आर्थिक वृद्धिको बाटोमा तीव्र रुपले अघि बढ्ने दाबी पनि गरेका छन् । वैदेशिक सहायता र ऋण संसद्मा अर्थमन्त्रीले चालु आर्थिक वर्षमा १ खर्ब ७ अर्ब रुपियाँ बरारबर वैदेशिक सहायता प्राप्त भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा यो रकम बराबरको सहायता देखिएको हो । सहायतामध्ये वैदेशिक अनुदान १३ अर्ब रुपियाँ रहेको छ भने ऋण ९३ अर्ब रुपियाँ रहेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ। जसमध्ये तीन खर्ब ७८ अर्ब आन्तरिक ऋण र पाँच खर्ब ९५ अर्ब बाह्य ऋण रहेको अर्थमन्त्रीले जानकारी गराए । गरिबीको संख्या घटेको दाबी अर्थमन्त्रीले दाबी गरे अनुसार निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान प्रस्तुत गरेका छन् । प्रतिव्यक्ति आय बढ्यो खर्चको क्षमता पनि अर्थमन्त्रीका अनुसार आर्थिक वर्ष २०७५–७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपियाँ पुग्ने अनुमान दिएका छन् भने प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रुपियाँ पुगेको अनुमान छ। लगानीमा २९ प्रतिशतले वृद्धि उनका अनुसार आर्थिक वर्ष २०७५–७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब रुपियाँ हुने अनुमान छ। आर्थिक सर्वेक्षणको प्रमुख बुँदाहरु निम्नानुसार छन्—
- पढौं यो पनि
- आर्थिक सर्वेक्षण भन्छः घट्यो गरिबी, बढ्यो राजश्व ! प्रतिव्यक्ति आम्दानी बढ्ने कस्तो छ दाबी ?
प्रकाशित: २०७६ जेठ १३
May 27th 2019
प्रतिक्रिया दिनुहोस्