नेपाली समय: ०३:१४:१२ अपरान्ह
वि.सं २०८३ बैशाख ८   मंगलवार

आर्थिक सर्वेक्षण भन्छः घट्यो गरिबी, बढ्यो राजश्व ! प्रतिव्यक्ति आम्दानी बढ्ने कस्तो छ दाबी ?

सोमबार, १३ जेठ, ०७६, निर्माण सञ्चार, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसद्मा आर्थिक वर्ष २०७५–७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै गरिबी घटेको र राजश्व बढेको डाटा प्रस्तुत गरेका छन्। 

आर्थिक वृद्धिकै कारण गरिबी घटेको उनको दाबी छ । उनका अनुसार स्थिर सरकार भएकाले र सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी साथै, विप्रेषण आप्रवाहमा वृद्धि हुँदा गरिबी निवारणमा उल्लेख्य टेवा पुगेको हो । 

प्रस्तुत डाटा अनुसार निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या १८.७ प्रतिशत रहेको अनुमान छ । अघिल्ला आवमा यो झन्डै २१ प्रतिशत रहेको थियो । राजश्वमा वृद्धि भएबारे डा खतिवडाले चालु आर्थिक वर्षको फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला भएको राजस्व ५ खर्ब रहेको बताए ।

अघिल्लो वर्षका तुलनामा २१.७ प्रतिशतले राजस्व बढेको हो ।

प्रतिव्यक्ति आय बढ्यो

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत र ८ महिनाको औसत मुद्रास्फिति दर ४.२ प्रतिशत रहेको उल्लेख गरेको छ ।
अर्थमन्त्रीले प्रतिव्यक्ति आम्दानी बढेर एक हजार ४७ अमेरिकी डलर पुग्ने अनुमान समेत प्रस्तुत गरेका छन् । आजको बजार मूल्यमा हिसाब गर्दा प्रत्येक नेपालीले वर्षमा औसतमा घटीमा १ लाख १७ हजार रूपियाँ आर्जन गर्छन् । 

प्रतिवेदन अनुसार प्रतिव्यक्ति खर्चयोग्य आय १ लाख ५५ हजार रूपियाँ पुगेको अनुमान छ। अर्थमन्त्रीले कुल ग्रार्हस्थ उत्पादनको १०–१२ प्रतिशत बचत हुँदै आएकामा चालु आर्थिक वर्षमा बचत बढेर २० प्रतिशत पुग्ने ठोकुवा गरे ।

लगानी बढ्नेबारे पनि आर्थिक सर्वेक्षणले डाटा प्रस्तुत गरेको छ ।

चालु आवमा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ अर्ब ५७ अर्ब रूपियाँ हुने अनुमान प्रस्तुत गरेका छन् । कुल गार्हस्थ बचतको वृद्धि भन्दा कुल पुँजी लगानीको दर उच्च हुँदा बचत र लगानीको अन्तर बढ्दै गएको अर्थमन्त्रीको दाबी छ। 

फागुनसम्मको कुल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब रूपियाँ पुगेको छ ।

आर्थिक प्रगति हेरौं डाटामा

विद्युत्को पहुँच पुगेको जनसंख्या – ७७.८ प्रतिशत

नवीकरणीय उर्जा पहुँच पुगेको जनसंख्या– १८ प्रतिशत

कुल विद्युत् उत्पादन– १,१४२ मेगावाट

OO

बीमा पहुँच – १८ प्रतिशत जनसंख्यामा

बैंकको शाखा संख्या – ४,७०१ ओटा (७५३ मध्ये ७१३ स्थानमा)

OO

सडक– ३१,३९२ किमी -- कालोपत्रे – १४,१०२ किमी

खण्डस्मित सडक– ७,८८१ किमी -- कच्ची सडक– ९,४०१ किमी

कुल पर्यटक आगमन – ११ लाख ७३ हजार

OO

निर्यात – ६१ अर्ब रूपैयाँ -- गत वर्षको तुलनामा वृद्धि – १४.६ प्रतिशत

आयात – ९ खर्ब ४९ अर्ब रूपैयाँ -- गत वर्षको तुलनामा वृद्धि – २३.८ प्रतिशत

व्यापार घाटा– ८ खर्ब ८८ अर्ब रूपैयाँ

भुक्तानी सन्तुलन – ५९ अर्ब रूपैयाँ (ऋणात्मक)

भूकम्पपछिको पुनर्निर्माण

६ लाख ५ हजार निजी घर-- २६२ सरकारी भवन

 ४,२०१ विद्यालय -- ६४३ स्वास्थ्य संस्था भवन

 २२१ पुरातात्विक सम्पदा -- १२४ सुरक्षा निकायका भवन

OO

वैदेशिक व्यापार

निर्यात – ६१ अर्ब रूपैयाँ -- गत वर्षको तुलनामा वृद्धि – १४.६ प्रतिशत

आयात – ९ खर्ब ४९ अर्ब रूपैयाँ -- गत वर्षको तुलनामा वृद्धि – २३.८ प्रतिशत

व्यापार घाटा– ८ खर्ब ८८ अर्ब रूपैयाँ -- भुक्तानी सन्तुलन – ५९ अर्ब रूपैयाँ (ऋणात्मक)

 

पढौं यो पनि
अर्थमन्त्रीले स्वीकारे, ‘हुन सकेन पुँजीगत खर्चमा सुधार’– आर्थिक सर्वेक्षणः कुल लगानी २९.०%ले बढ्दा २१ खर्ब ५७ अर्ब हुने

OOO



प्रकाशित: २०७६ जेठ १३
May 27th 2019

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्