सरकारले दियो रेलमार्गलाई प्राथमिकताः बजेट ७ अर्ब ७० करोड
बुधबार, १५ जेठ, निर्माण सञ्चार, काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधारको विकासमा जोड दिएको बजेटले आउने वर्षका लागि रेलमार्गहरुको निर्माण गर्न बजेट विनियोजन गरेको छ ।
रेल मार्गलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको वर्तमान ओली सरकारले आगामी वर्षमा रेल मार्ग विकासका लागि पौने ८ अर्ब बजेट विनियोजन गरेको हो । सरकारले चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट दिएको थियो । यो बजेटले आउने वर्षका लागि ७ अर्ब ७० करोड बजेट छुटाएको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६–७७को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले रेलमार्ग निर्माणलाई प्राथमिकतामा राखेको घोषणा गरेका
छन् । उनले पूर्व–पश्चिमसहित अन्य रेलमार्गलाई प्राथमिकतामा राखेका छन् । यस अघि मन्त्रालयले मागेको सुझावमा रेल विभागले करिब २० अर्ब माग गरेको थियो । ओली सरकारले चीन तथा भारत जोड्ने गरी उक्त रेल मार्ग विकास गर्ने अठोट लिएको छ ।
तर, विभागले भने पूर्व–पश्चिम रेलमार्गमा पर्ने आवश्यक सम्पूर्ण जग्गा एकैपटक अधिग्रहण गर्ने गरी बजेट माग गरिएको थियो । सरकारले भने केरुङ–काठमाडौं जोड्न चीनसँग र रक्सौल–काठमाडौं जोड्ने रेल मार्ग बनाउन भारतसँग अनुदानमा बनाइदिन सरकारले दुवै देशलाई आग्रह गरेको थियो ।
प्रस्ताव गरेको छ । तर, यसबारे अन्तिम डिपिआर तयार भइसकेको भने छैन । अर्थमन्त्री डा खतिवडाले काठमाडौं–लुम्बनी र काठमाडौं–पोखरा जोड्ने रेल, काठमाडौंमा मोनो वा मेट्रो रेल मार्ग निर्माण गर्ने पनि बताएका छन् । यस अघि नै सुरु भइसकेको जनकपुर–जयनगर र जोगबनी–बिराटनगर ब्रोडगेज रेलमार्गमा रेल चलाउने गरी आगामी वर्षमा काम हुने उनले बताए । यतिबेला पूर्व–पश्चिम रेलमार्गमा अहिले बर्दिबास–सिमरा खण्डको एक भागमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको छ । सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । अध्ययन अनुसार मूल खण्डहरु कुल ९४५ किलोमिटरमा समाहित हुन्त । तर, पोखरा–काठमाडौं, काठमाडौं वीरगञ्जलगायत सहायक रेलमार्गहरु पनि एकै ठाउँमा जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटरको रेल मार्ग हुनेछ । अर्थमन्त्रीले आउने वर्ष नै बुटवलदेखि गड्डाचौकीसम्म र चितवन क्षेत्रमा पनि रेल मार्ग अघि बढाउने बताएका छन् । बुटबल गड्डाचौकीसम्म ४ सय २१ किलोमिटरको डिपिआर तयार भइसकेको छ भने नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डिपिआर बनिसकेको छ । योसँगै इनरुवादेखि काँकडभिट्टा खण्डको डिपिआर तयार भइसकेको छ । त्यस्तै, निजगढ–इनरुवा खण्डमा त निर्माणको काम सुरु भइसकेको छ । हाल निजगढ–हेटौंडा–चितवन खण्डको डिपिआर तयार हुँदै छ । रेलविभागका अनुसार उक्त काम सकेलगत्तै पूर्व–पश्चिम रेलमार्गको मुख्य खण्डको डिपिआर तयार गर्न लाग्ने छ ।
पढौं यो पनि
आर्थिक वर्ष २०७६–७७ बजेट (लाइभ)-- ‘सुदूरपश्चिम क्षेत्रलाई सदाका लागि अँध्यारो मुक्त’ घोषणा OOO
प्रकाशित: २०७६ जेठ १५

May 29th 2019
प्रतिक्रिया दिनुहोस्