नेपाली समय: ०४:१९:२८ अपरान्ह
वि.सं २०८३ बैशाख ९   बुधवार

आर्थिक वर्ष २०७६–७७ बजेट (लाइभ)-- ‘सुदूरपश्चिम क्षेत्रलाई सदाका लागि अँध्यारो मुक्त’ घोषणा

बुधबार, १५ जेठ, निर्माण सञ्चार, काठमाडौं । आर्थिक वर्ष २०७६–७७ को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले यतिबेला संघीय संसद्‍को संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन् । 

राष्ट्रिय योजना आयोगले तोकेको सिलिङ अनुसार अर्थमन्त्री डा खतिवडाले १५ देखि १६ खर्ब बराबरको बजेट प्रस्तुत गर्ने योजना रहेको छ ।

अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपानीदेखि वृद्धभत्तासम्मलाई प्राथमिकता दिएका छन् ।

बृद्धभत्ता १ हजार रुपियाँले बढ्यो, मासिक ३ हजार 

सरकारले बृद्धभत्ता एक हजार रुपियाँ बढाएको छ । आर्थिक वर्ष ०७६–०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । 
अर्थमन्त्री खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको घोषणा गरेका हुन् ।

औद्योगिक मुलुकका रुपमा नेपाललाई अघि बढाउन सक्ने आर्थिक आधार वृद्धि गर्ने महत्त्वाकांक्षी बजेट उनले प्रस्तुत गरिरहेका छन् ।
सडक तथा विद्युत् पूर्वाधारमा स्वदेशी लगानीदेखि वैदेशिक लगानी समेतलाई स्वीकार गरिएको बजेटले मुलुकको समृद्धिको खाका अघि सारको देखिन्छ ।

अर्थमन्त्रीले उत्पादनमूलक क्षेत्रको लगानी र उत्पादन विकासलाई प्राथमिकतामा राखेका छन् । निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग सञ्चालनका लागि आकर्षक प्याकेज घोषणा गरेका छन् अर्थमन्त्रीले ।

कृषि, पर्यटन, उद्योग, स्वरोजगार जस्ता कुराहरु उनको प्राथमिकतामा छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलदेखि फास्ट ट्र्याक समेत उनको बजेटले सम्बोधन गरेको छ ।

ऊर्जा क्षेत्रमा महत्त्वाकांक्षी बजेट विनियोजन भएको छ । सुदूरपश्चिम क्षेत्रलाई सदाका लागि अँध्यारो मुक्त क्षेत्र घोषणा गरेका छन् अर्थमन्त्री डा खतिवडाले ।

ऊर्जाका हकमा उत्पादन र प्रसारण एवम् यातायात (कनेक्टिभिटी) बजेटको विशेष प्राथमिकतामा परेको छ ।
बजेट अपराह्न ४ः००  बजेबाट सुरु भएको हो ।

हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था भएबमोजि आज बजेट प्रस्तुत गरिएको हो ।

पढौं यो पनि

 

 

०००
बजेट भाषण लाइभ

 

https://www.youtube.com/watch?v=mfbVJ67odcE  

 



प्रकाशित: २०७६ जेठ १५
May 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार