अर्थमन्त्रीले बजेट दिएसँगै तामाकोसीको सेयर उकालो लाग्यो
बिहीबार, १६ जेठ, निर्माण सञ्चार, काठमाडौं । आर्थिक वर्ष (२०७६–०७७) भित्रमा अपर तामाकोशीको निर्माण कार्य सक्ने भन्दै अर्थन्त्री डा. युवराज खतिवडाले बजेट छुट्टाएपछि बिहीबार कम्पनीको शेयर मूल्यमा उकालो लागेको छ।
मन्त्री खतिवडाले उक्त बजेटमा ‘आगामी वर्ष माथिल्लो तामाकोशी र रसुवगढी लगायतका निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण कार्यलाई तिव्रता दिई कम्तिमा एक हजार मेगावाट जलविद्युत क्षमता राष्ट्रिय प्रणालीमा थप गरिने छ।
परियोजनाले उच्च प्राथमिकता पाएपछि राष्ट्रिय गौरवको तामाकोशीलाई लगानीकर्ताले विशेष चासोका साथ हेरेका छन्। कम्पनीले दिने प्रतिफलका साथै कम्पनीको भ्यालुलाई पनि लगानीकर्ताले हेरेका हुन्छन्।
कम्पनीको निर्माण कार्यमा ढिलासुस्ति आएको समाचार सार्वजनिक हुँदै गर्दा बजेटबाटै निर्माण कार्यलाई तिव्रता दिने विषयले लगानीकर्ताको मनोबल थप बढेको हो।
कम्पनीले असार ११ गते वार्षिक साधारणसभा गर्दै छ। साधारणसभाबाट चार जना सर्वसाधारण सञ्चालक चिर्वाचन गरिने भएको छ। चिर्वाचनमा एक कित्ता शेयरको एक भोट हुने भएकोले केहि लगानीकर्ताले सञ्चालकका लागि शेयर कर्नरिङ गरिरहेका छन्।
दोस्रो बजारबाट शेयर खरिद गरेर आफ्नो दावेदारी बढाउने क्रममा कम्पनीको शेयर केहि दिनदेखि बढिरहेको छ।
कम्पनीको ४९ प्रतिशत शेयर सर्वसाधारण समुहतर्फको छ भने ५१ प्रतिशत संस्थापक तर्फको छ। यसमा पनि १० प्रतिशत प्रभावित क्षेत्रको शेयर रहेको छ। यो शेयर दोस्रो बजारमा कारोबार हुँदैन।
कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुको लागि १७.२८ प्रतिशत शेयर निष्काशन गरेको थियो। सर्वसाधारण नेपाली नागरिकको लागि भने १५ प्रतिशत शेयर निष्काशन गरेको थियो। सञ्चयकर्ता, प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारण एउटै समुहमा पर्ने भएकोले दोस्रो बजारबाट शेयर खरिद गरेर सञ्चालक बन्ने दौडमा पछिल्लो समय डिमाण्ड बढ्दै गएको छ।
जेठ लागेसँगै बुधबारसम्ममा अपर तामाकोशीको १७ लाख ३८ हजार कित्ताको कारोबार भएको छ। माग बढ्न थालेसँगै शेयर मूल्य बढ्दा कारोबार रकम पनि बढेको हो। यसै अवधिमा कम्पनीको बजार मूल्य ५५ रुपैयाँ भन्दा धेरैले बढिसकेको छ।
प्रकाशित: २०७६ जेठ १६
मन्त्री खतिवडाले उक्त बजेटमा ‘आगामी वर्ष माथिल्लो तामाकोशी र रसुवगढी लगायतका निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण कार्यलाई तिव्रता दिई कम्तिमा एक हजार मेगावाट जलविद्युत क्षमता राष्ट्रिय प्रणालीमा थप गरिने छ।
परियोजनाले उच्च प्राथमिकता पाएपछि राष्ट्रिय गौरवको तामाकोशीलाई लगानीकर्ताले विशेष चासोका साथ हेरेका छन्। कम्पनीले दिने प्रतिफलका साथै कम्पनीको भ्यालुलाई पनि लगानीकर्ताले हेरेका हुन्छन्।
कम्पनीको निर्माण कार्यमा ढिलासुस्ति आएको समाचार सार्वजनिक हुँदै गर्दा बजेटबाटै निर्माण कार्यलाई तिव्रता दिने विषयले लगानीकर्ताको मनोबल थप बढेको हो।
कम्पनीले असार ११ गते वार्षिक साधारणसभा गर्दै छ। साधारणसभाबाट चार जना सर्वसाधारण सञ्चालक चिर्वाचन गरिने भएको छ। चिर्वाचनमा एक कित्ता शेयरको एक भोट हुने भएकोले केहि लगानीकर्ताले सञ्चालकका लागि शेयर कर्नरिङ गरिरहेका छन्।
दोस्रो बजारबाट शेयर खरिद गरेर आफ्नो दावेदारी बढाउने क्रममा कम्पनीको शेयर केहि दिनदेखि बढिरहेको छ।
कम्पनीको ४९ प्रतिशत शेयर सर्वसाधारण समुहतर्फको छ भने ५१ प्रतिशत संस्थापक तर्फको छ। यसमा पनि १० प्रतिशत प्रभावित क्षेत्रको शेयर रहेको छ। यो शेयर दोस्रो बजारमा कारोबार हुँदैन।
कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुको लागि १७.२८ प्रतिशत शेयर निष्काशन गरेको थियो। सर्वसाधारण नेपाली नागरिकको लागि भने १५ प्रतिशत शेयर निष्काशन गरेको थियो। सञ्चयकर्ता, प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारण एउटै समुहमा पर्ने भएकोले दोस्रो बजारबाट शेयर खरिद गरेर सञ्चालक बन्ने दौडमा पछिल्लो समय डिमाण्ड बढ्दै गएको छ।
जेठ लागेसँगै बुधबारसम्ममा अपर तामाकोशीको १७ लाख ३८ हजार कित्ताको कारोबार भएको छ। माग बढ्न थालेसँगै शेयर मूल्य बढ्दा कारोबार रकम पनि बढेको हो। यसै अवधिमा कम्पनीको बजार मूल्य ५५ रुपैयाँ भन्दा धेरैले बढिसकेको छ।प्रकाशित: २०७६ जेठ १६
May 30th 2019
प्रतिक्रिया दिनुहोस्