नेपाली समय: ०४:५६:२७ अपरान्ह
वि.सं २०८३ बैशाख ८   मंगलवार

बुधबार नेप्से परिसूचक ७० अंकले बढ्यो, व्यापारबाहेक सबै समूह हरियाली

निर्माण सञ्चार,१७ मंसिर,काठमाडौँ । लामो समयदेखि मन्दीको मारमा पिल्सिएको नेपाली सेयर बजारमा यतिबेला हरियाली देखिन थालेको छ । साताको चौथो कारोबार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७० अंक भन्दा माथिले उकालो लागेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेक अन्य सबै समूहहरु बढेर हरियाली देखिदा नेप्से परिसूचक ७० दशमलव ६४ अंकले बढेर २ हजार ७१ दशमलव ०२ अंकमा पुगेको  हो  ।

७० अंकले बढ्यो नेप्से

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशत अर्थात १२.२५ अंकले बढेर ३९६ दशमलव ०४ अंकमा पुगेको छ । दिनभर भएका ६० हजार ८ सय ४६ कारोबारबाट २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३ सय ८३ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ७ अर्ब ३७ करोड ४०लाख १७ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार व्यापार समूह १६ दशमलव ६३ अंकले ओरालो लागेको छ भने अन्य सबै समूह बढेका छन् ।

बैंकिङ समूह ६.३८, होटल ५१.१६, विकास बैंक २२.५९, हाइड्रोपावर ८८.९९, फाइनान्स ३.७६, निर्जिवन बिमा २४४.८२, उत्पादमूलक ३०३.१२, लघुवित्त २३२.५६, जीवन बिमा ६०८.७३ र म्युचुअल फण्ड ०.०४ अंकले बढेको छ ।


०००



प्रकाशित: २०७७ मंसिर १७
December 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार