अबदेखि अन्तर बैंक एटिएमबाट सेवा लिंदा शुल्क लाग्ने
निर्माण सञ्चार,१९ मंसिर,काठमाडौँ । कोरोना भाइरसको नेपालमा पनि प्रभाव परेको बेलामा बैंकहरुले ग्राहकलाई सहजै सेवा दिने उद्देश्यले निःशुल्क गरिएको अन्तर बैंक एटिएम सेवामा एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा अबदेखि शुल्क लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।
उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।
कोरोना महामारीको अवस्थामा ग्राहकलाई सहजता दिने उद्देश्यले विद्युतीय कारोबार निःशुल्क गरिएको तर बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
०००
प्रकाशित: २०७७ मंसिर १९
प्रकाशित: २०७७ मंसिर १९
December 4th 2020
प्रतिक्रिया दिनुहोस्