नेप्से परिसूचकले राख्यो नयाँ रेकर्डः सबै उपसमूहहरु हरियाली
निर्माण सञ्चार, १९ पुष,काठमाडौँ । लामो समयदेखि मन्दीको मारमा पिल्सिएको नेपाली सेयर बजारमा यतिबेला हरियाली देखिन थालेको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो ।
साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेको छ । नेप्से परिसूचकमा आएको उछालले बजारमा कारोबार हुने सबै उपसमूहहरु हरियाली देखिएका छन् ।
बुधबार सबैभन्दा धेरै व्यापार उपसमूहमा रहेका कम्पनीहरु बढेका छन् । जसको असर व्यापार समूह ९.६४ अंकले बढेको छ । कारोबार रकमा भने निकै ठूलो उचाल आएन ।
दिनभर भएका ५४ हजार ६ सय ९८ कारोबारबाट २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८ सय ६६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ पुगेको छ ।
०००
प्रकाशित: २०७७ पौष १९
प्रकाशित: २०७७ पौष १९
January 3rd 2021
प्रतिक्रिया दिनुहोस्