रेमिटेन्समा वृद्धिः ५ खर्ब ६७ अर्ब भित्रियो, रोजगारीमा जानेको दर घट्दो, आयात बढ्न थाल्यो, खुम्चियो शोधनान्तर बचत
निर्माण सञ्चार, ४ चैत्र, ०७७ । काठमाडौं। राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनले नेपालमा पछिल्ला दिनमा रेमिटेन्स भित्रिन वृद्धि भएको छ ।
माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिटेन्स देश भित्रिएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वर्तमान आर्थिक प्रतिवेदन अनुसार, चालु आर्थिक बर्षको सात महिनामा रेमिटेन्स वृद्धि १०.९ प्रतिशत रहेको छ।
सोही अवधिमा अघिल्लो बर्षको माघमा रेमिटेन्स ०.७ प्रतिशतले घटेको थियो। विश्वमहामारीका रुपमा फैलिएको कोभिडका कारण वैदेशिक रोजगारी प्रभावित भएको थियो । तर पनि रेमिटेन्स भने घट्ने अनुमानका बाबजुद सुरुबाटै निरन्तर बढिरहेको देखिएको हो ।
प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिटेन्स ६.७ प्रतिशतले बढेको छ। यो भनेको ४ अर्ब ८१ करोड डलर हो।
प्रकाशित: २०७७ चैत्र ४
प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिटेन्स ६.७ प्रतिशतले बढेको छ। यो भनेको ४ अर्ब ८१ करोड डलर हो।
वैदेशिक रोजगारीमा घट्दो क्रम
तर, रेमिटेन्स सामान्य रुपमा बढेपनि विदेश जानेहरुको संख्या भने घटिरहेको छ। रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ। पुनःश्रम स्वीकृति लिने नेपाली संख्या ६७.४ प्रतिशतले घटेको ेदेखिएको छ।आयात बढ्न थाल्यो, खुम्चियो शोधनान्तर बचत, वैदेशिक लगानी पनि ३७ प्रतिशतले घट्यो
आर्थिक प्रतिवेदनले चालू आर्थिक बर्षको पहिलो ७ महिनामा देशको शोधनान्तर ९७ अर्ब ३६ करोडले बचतमा रहेको देखाएको छ । कोरोनापछि अर्थतन्त्र चलायमान हुँदै आयात बढ्न थालेसँगै शोधनान्तर बचतमा गिरावट आउने थालेको छ । चालू आबको पहिलो ६ महिनामा शोधनान्तर स्थिती १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेकोमा ७ महिनामा आईपुग्दा साढे २७ अर्ब रुपैयाँले घट्न पुगेको छ । पछिल्लो समय देशमा भित्रने रेमिटान्स बढेपनि सोही अनुरुप आयात पनि बढ्न थालेकाले सोधनान्तर स्थिती खुम्चिन पुगेको प्रतिवेदनले देखाएको हो । चालू आबको पहिलो ६ महिनामा नेपालले विभिन्न मुलुकबाट गर्ने आयात ४।८ प्रतिशतले घटेकोमा ७ महिनामा आइपुग्दा सामान्य बढ्न पुगेको छ । तर अघिल्लो अबको सोही अबधिको तुलनामा भने शोधनान्तर स्थिति बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । प्रतिवेदनले प्रत्यक्ष वैदेशिक लगानीमा ३७.३ प्रतिशतले गिरावट आएको उल्लेख गरेको छ । अघिल्लो वर्षको पहिलो ७ महिनामा १४ अर्ब ३८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएकोमा चालू आबको सोही अबधिमा ९ अर्ब २ करोड मात्रै भित्रिएको छ । ०००प्रकाशित: २०७७ चैत्र ४
March 17th 2021
प्रतिक्रिया दिनुहोस्