नेपाली समय: ०३:२९:०९ अपरान्ह
वि.सं २०८३ बैशाख ८   मंगलवार

बजेटको जादू, वर्षभरि कालो मुख भएको सेयर एकाएक मुस्कुरायो

बिहीबार, १६ जेठ, निर्माण सञ्चार, काठमाडौं । आर्थिक वर्ष २०७६–०७७ को बजेटपछि सेयरमा हरियाली छाएको छ। बजेट सेयर बजारमैत्री आएको भन्दै दोस्रो बजार बढ्ने क्रममा कारोबार सुरू भएको छ।

विगत दुई वर्षदेखि सरकारप्रति असन्तुष्ट रहँदै आएका लगानीकर्तालाई अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत लाभकर घटाउनेदेखि सेयर बजार एकाएक मुस्कुराएको छ ।
 
बजेट सेयर बजारमैत्री आएको भन्दै दोस्रो बजार बढ्ने क्रममा कारोबार सुरू भएको छ। बिहीबार १२.२० सम्म आइपुग्दा बजार २५ अंकले बढेको छ। जुन बुधबार भन्दा १.७४ प्रतिशतले बृद्धि हो। अहिले बजार बढेर एक हजार तीन सय ३९ अंकभन्दा माथि उक्लिएको छ।

सेयर बजार प्रति अनुदार मानिएका अर्थमन्त्री डा. खतिवडाले बजेटमै सेयरका समस्या समाधान गर्ने कोसिस गरेका छन्। बजेट विनियोजनको अर्को दिनै आज सबै समूहको सूचक बढेको छ।

लगानीकर्ताका संगठन, ब्रोकर तथा विश्लेषकहरूले बजेटलाई सेयर बजारमैत्री भएको भन्दै विश्लेषण गरिरहेका छन्। सरकारप्रति असन्तुष्ट रहँदै आएका लगानीकर्तालाई मन्त्री खतिवडाले पूँजीगत लाभकर घटाउनेदेखि सेयर बजारका विवादित विषयलाई बजेटबाटै टुंगो लगाएका छन्। 

 

000
 



प्रकाशित: २०७६ जेठ १६
May 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार