पारस खड्काको ऐतिहासिक शतकले दिलायो नेपाललाई शानदार जित !
निर्माण सञ्चार, ११ असोज, ०७६, काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि शानदार जित हासिल गरेको छ ।
यो जितको श्रेय कप्तान पारस खड्काको हातमा गएको छ । किनकि उनको ऐतिहासिक शतकले नेपालका लागि विजयको ढोका खोलिदिएको हो ।
शनिबार इन्डियन एसोसियसनको मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएर जित हाता पारेको हो ।
नेपालका लागि सिंगापुरले १५२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले १६ ओभरमा एक विकेट गुमाएर उक्त लक्ष्य भेटाउन सफल भएको थियो ।
ओपनर इशान पाण्डे ५ रनमा आउट भए । कप्तान पारस र आरिफ शेखले नेपालको इनिङ्स उकास्न सफल बने । पारसले ४९ बलमा शतक प्रहार गरेका थिए भने यही क्रममा ६ चौका र १० छक्का प्रहार गर्न सफल भएका थिए ।
पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरे । जबकि, उनी ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोड्न सफल बने ।
आरिफ शेखले ३८ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे ।
टि२० सिरिजमा नेपाली कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी अहिलेसम्मकै उच्च हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।
सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए ।
नेपालका लागि करण केसीले २ विकेट लिए । सुशन भारीले १ विकेट लिन सफल भए । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुनु परेको थियो ।
उनका फ्यानहरुले ‘यो जित कसको नेपालको !’ भन्दै ताली पिटिरहेका थिए ।
०००
प्रकाशित: २०७६ आश्विन ११
प्रकाशित: २०७६ आश्विन ११
September 28th 2019
प्रतिक्रिया दिनुहोस्