एनआरएनए धनी संस्थाः निर्वाचनमा उम्मेदवारी शुल्क नै दश लाख !
निर्माण सञ्चार, २८ असोज, काठमाडौं । नेपाल सम्बद्ध कुनै विदेशी वा स्वदेशी संस्थाहरु छन् भने तिनको अध्यक्ष पदमा उम्मेदवारी दिन सबैभन्दा महँगो शुल्क लाग्ने संस्था भएको छ गैरआवासीय नेपाली संघ अर्थात् एनआरएनए ।
एनआरएनए यतिबेला कुम्भ मेलामा जुटिरहेको छ । विश्वभरका करिब ८१ देशमा रहेका गैरआवासीय नेपालीहरु आफ्नो भावी नेता छान्ने चुनावमा होमिएका छन् । काठमाडौंस्थित होटेल हायातमा मंलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघकौ नवौं विश्व सम्मेलनको उद्घाटन गरेकी छन् ।
संघको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क भएको संस्था बनेको छ । बुधबार हुने आफ्नो निर्वाचनका लागि उम्मेदवारी दर्ता शुल्क नै दश लाखसम्म तोकिएको छ ।
सबैभन्दा तल्लो शुल्क एक लाख रुपियाँ रहेको छ भने अध्यक्ष पदका लागि सबैभन्दा महँगो १० लाख रुपियाँ रहेको छ ।
संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालका अनुसार गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क सात लाख ५० हजार रहेकोमा यस पटक अढाइ लाख रुपियाँ बढाएर दश लाख पुराइएको हो ।
अध्यक्षको दर्ता शुल्क १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति जसलाई आइसिसी सदस्य भनिन्छ– का लागि एक लाख रुपियाँ तोकिएको हो ।
प्रकाशित: २०७६ आश्विन २८
पैसा संकलनको दाउः उम्मेदवारीको भाउ, भवन भट्ट नेतृत्वले बोकाएको ऋण तिर्न ?
आजको एनआरएन एकातिर राजनीतिक हस्तक्षेपको शिकार भयो भन्दै संस्थापक अध्यक्ष समेत रहेका डा उपेन्द्र महतोले सम्मेलन बहिष्कार गरेको बताएका छन् । अर्काेतिर एनआरएन पुरानो स्प्रिटमा नरहेको पनि देखिएको छ । हिजोको जस्तो चमक एनआरएनको छैन । आजको संघलाई भवन भट्ट नेतृत्वले करिब १५ करोड रुपियाँ ऋण बोकाइदिएका भन्ने आवाज सम्मेलन हलमा पनि उठिसकेको छ । तर, ऋण भूकम्पपछि नेपालको बारपाक बनाउन र आफ्नै भवन बनाउन लागेको नेतृत्वको दाबी छ । बालुवाटारको ललिता निवासको जग्गा खरिदमा आफूहरु फसेको सम्मेलनको दुई दिन अघि महासचिव रहेका बद्री केसीले बताए । नेपाली ब्युरोक्रेसीले ठगेको उनको भनाइ छ । नेतृत्व अनुसार सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक भएकाले उम्मेदवारको शुल्क बढाइएको हो ।कुन पदका लागि कति पैसा ?
उपाध्यक्षको ७ लाख, महासचिवको ६ लाख, सचिव र कोषाध्यक्षको ५ लाख, सहकोषाध्यक्षको ४ लाख, महिला तथा युवा संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय संयोजकको ३ लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको २ लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको २ लाख ५० हजार र आईसीसी सदस्यहरुको १ लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ ।बुधबार दिउसोदेखि चुनाव
‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । ३ दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी रहेको आयोजकले बतायो । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १०ः३० बजेसम्म उम्मेदवार मनोनयनको समय तोकिएको छ । निर्वाचनमा संलग्न अधिकारीहरुका अनुसार यो पटकको निर्वाचनमा २ हजार ४ सय मतदाता सहभागी हुने छन् । ००० पढौं यो पनि विश्वसम्मेलनको मुखैमा एनआरएनएले भन्यो, ‘बालुवाटार जग्गा किनेकोमा ‘पछुतो भयो, राज्यद्वारा ठगियौं’ किन गरे एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन ‘बहिष्कार’ ?प्रकाशित: २०७६ आश्विन २८
October 15th 2019
प्रतिक्रिया दिनुहोस्