विद्यालाई मतदाताको ढाडस, भन्छन्– रवीन्द्रले छोडेपनि हामी साथमा छौँ’
निर्माण सञ्चार, ९ मंसिर, पोखरा । कास्की क्षेत्र नं २ का नेकपाका उम्मेदवार विद्या भट्टराईलाई लामाचौर बासीले विजयको माला पहिल्याउने उद्घोष गरेका छन् ।
मंसिर १४ को उपनिर्वाचन नजिकिदै गर्दा घरदैलोमा मतदाता भेटघाटलाई तिव्र बनाइरहनु भएकी भटटराईलाई स्थानीय मतदाताले सहयोग गरेर विजयको माला पहिल्याउने उद्घोष गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को किल्ला मानिने लामाचौर तथा बाटुलेचौरमा उनलाई स्थानीयले फुल, माला र अवीर लगाएर भव्य स्वागत गरेका थिए ।
तल्लो द्वीपबाट शुरु भएको नेकपा उम्मेद्वार विद्याको घरदैलो सुन्दर फिड हुँदै लामाचौर बाटुलेचौर पुरै घुम्ने कार्यक्रम रहेको छ । घरदैलोका क्रममा विद्याले आफू जितेपछि पनि जनताको घरदैलोमा निरन्तर आउने र जनताको सेवक भएर काम गर्ने वाचा दिएकी छन्। जनताको चाहाना विकास भएकाले आफु स्थानीय स्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता दिएकी छन् । लोक संस्कृतिको भुमि मानिने बाटुलेचौरमा संस्कृतिको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राखे ।
यसैबीच, नेकपाले आज बाटुलेचौरमा चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई नेकपाका स्थायी समिति सदस्य देव गुरुङसहित नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापालगायतले सम्बोधन गर्ने जनाइएको छ ।
०००
प्रकाशित: २०७६ मंसिर १०
पुष्पगुच्छा र मालाले स्वागत गर्दै
बाटुलेचौरबासीले विद्यालाई भने ‘हरेक संकटमा हामीले नेकपालाई जिताएर पठाएका छौ,अहिले त झन् योग्य महिला उम्मेद्वार पाएका छौं, कुनैपनि हालतमा जिताउँछौं ।’ मतदाताहरुले रवीन्द्रले छाडेर गएपनि हातमा हात र काँधमा काँध मिलाएर साथ दिने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए ।तल्लो द्वीपबाट शुरु भएको नेकपा उम्मेद्वार विद्याको घरदैलो सुन्दर फिड हुँदै लामाचौर बाटुलेचौर पुरै घुम्ने कार्यक्रम रहेको छ । घरदैलोका क्रममा विद्याले आफू जितेपछि पनि जनताको घरदैलोमा निरन्तर आउने र जनताको सेवक भएर काम गर्ने वाचा दिएकी छन्। जनताको चाहाना विकास भएकाले आफु स्थानीय स्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता दिएकी छन् । लोक संस्कृतिको भुमि मानिने बाटुलेचौरमा संस्कृतिको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राखे ।
यसैबीच, नेकपाले आज बाटुलेचौरमा चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई नेकपाका स्थायी समिति सदस्य देव गुरुङसहित नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापालगायतले सम्बोधन गर्ने जनाइएको छ ।
०००
प्रकाशित: २०७६ मंसिर १०
November 26th 2019
प्रतिक्रिया दिनुहोस्