नेपाली समय: ०२:४४:४९ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

मदनआश्रित स्मृति दिवसमा काश्कीले भन्यो, ‘यदि स्कटिङ गर्न पाएको भए हाम्रा प्रिय नेताको यस्तो मृत्यु हुने थिएन कि !’

निर्माण सञ्चार, ३ जेठ, काश्की । जति महामारी बढ्दै जान्छ, जति युद्धहरु अकासिन्छन्, त्यतिबेला समाजका रगतको माग अत्यधिक हुन्छ । रगतको मूल्य यसै पनि महँगो हुन्छ, त्यसमा पनि यस्तो संक्रमक महामारीमा शुद्ध रगत संकलन गर्नु र दान गर्ने पाउनु पनि असाध्यै महँगो हुन जान्छ ।

यस्तै महामारीका बीचमा मदन भण्डारी फाउण्डेसन पोखरा महानगरपालिका वडा कमिटी–५ ले २७ औं मदन आश्रित स्मृति दिवसको उपलक्ष्यमा रक्त दान गरेको छ ।

मदन आश्रितको सम्मानमा सम्पन्न उक्त रक्तदानमा ६६ जना महानुभावहरुले रगत दान गरेको फाउन्डेसनका जिल्ला अध्यक्ष तथा युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले जानकारी दिए । 

रक्तदान कार्यक्रम कोरोना महामारीले सिर्जित विषम परिस्थितिमा पनि रगतको खाँचो नहोस् भनी गरिएको अध्यक्ष बास्तोलाको भनाइ छ ।

उनका अनुसार कोरोनाले सिकाएको ‘कल्चर’लाई आत्मसात गरी रक्तदान गरिएको थियो । भौतिक दूरी टाढा त भावनात्मक दूरी निकट राख्ने सचेतहरु जम्मा भएर रक्त दान गरिएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण भएको ठिक २ वर्ष पुगेको र मदन आश्रित स्मृतिको २७ वर्षको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिले मदन आश्रितले दिएको योगदानको बखान गरेका थिए । 

‘स्कटिङ गरिएन जुन कुराले हामीलाई जीवनभर घोचिरहेको छ’

संयोग कस्तो थियो भने, सोही कास्की जिल्लाको अधिवेशन सकेर फर्किने क्रममा दास ढुङा भन्ने ठाउँमा जननेता मदनकुमार भण्डारी तथा जिवराज आश्रितको जिप दुर्घटनामा परी ‘रहस्यमय’ मृत्यु भएको थियो । 

जुन मृत्युको अहिलेसम्म पनि यकिन भएको छैन । चालक रहेका अमर लामा जिउँदै रहेको अवस्थामा जिपमा सवार दुई नेताहरु भने नदीमा जिप सहित हुत्तिएको अवस्थामा उनीहरुको हत्या भएको थियो ।

कार्यक्रममा बोल्दै सांसद रेग्मीले भने ‘हामीले स्कटिङ गरेर चितवनसम्म लैजाने कुरा पनि थियो । मदन भण्डारी कमरेड मान्नु भएन । हामीलाई यो कुराको पछुतो छ । यदि हामीहरुसँगै स्कटिङमा जान पाएको भए हामीले हाम्रा प्रिय नेताहरुलाई गुमाउनु पर्ने थिएन ! मुलुकले यो क्षति व्यहोर्नु पर्ने थिएन ।’

उनले अघि भने, ‘जुन कुराले हामीलाई अहिलेसम्म घोचिरहन्छ, मर्माहत बनाइरहन्छ ।’
... 
जनताको बहुदलीय जनवाद नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको नीब बनेको आयोजकको भनाइ छ । 
‘आज पनि उतिकै सान्दर्भिक र आजको नेपालको विचारको मूल मियो जबज नै बनिरहेको छ । उहाँलाई हामी यसैमा अमर पाउँछौं । जबजको पाना पल्टाउने बित्तिकै मदनसँग एकाकार भएको, भेट गरिरहेको जस्तो लाग्छ,’ सांसद रेग्मीले भने ।

तर, दुर्भाग्यको कुरा के भने, दुई बाम दलहरु एकीकरण पछि यतिबेला विचार पनि तदर्थवादको चपेटामा परेको छ । विचारको शून्यता अनौठो किसिमले नेकपामा अडिएको छ ।

तर, नेता रेग्मीका अनुसार जबज र नेकपाको अबको विचारधारा के हुने भन्ने विषय आउने एकताको महाधिवेशनले टुंग्याउने छ ।

कार्यक्रमका लागि प्रमुख अतिथि थिए गण्डकी प्रदेशका सांसद तथा विधेयन समितिका सभापति एवं मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रीय उपाध्यक्ष मोहन रेग्मी भने कार्यक्रमको मुख्य आयोजकको भूमिकामा थिए फाउन्डेसनका काश्की अध्यक्ष एवं युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष बास्तोला ।

कार्यक्रममा फाउन्डेसनका जिल्ला सल्हाकार तेजनारायण अधिकारी, बालराम गौतम, नेकपाका कास्कीका नेताहरु आरपी खनाल, शंकर पौडेल, कृष्ण न्यौपाने, वडा अध्यक्ष धनबहादुर नेपाली, नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्म अधिकारी लगायत रहेका थिए ।

कार्यक्रमको अध्यक्षता धनञ्जय अधिकारी र संचालन वसन्त गौतमले गरेका थिए । 

 

०००



प्रकाशित: २०७७ जेठ ३
May 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार