नेपाली समय: ०१:५०:०० बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

संकटमा पनि समाजसेवा गर्ने कसरीः मदन भण्डारी फाउन्डेसन काश्कीबाट सिक्ने यसरी

निर्माण सञ्चार, १६ जेठ, काठमाडौं

जेठको आधा सकिँदै गर्दा कृषि प्रधान मुलुक नेपाल अब असारे चटारोमा निस्कन हातारिदै छ । नेपाल मात्र हैन, आज विश्व नै कोरोना महामारीले ग्रस्त छ । कोरोनाका कारण धेरै कुराहरु मानिसले गमाउनु परेको छ । 

उद्यम, व्यवसाय, राजनीतिक जमघट जस्ता धेरै कुराबाट मानिस खुम्चिएकै बेला मदन भण्डारी फाउन्डेसन काश्की भने सक्रिय देखिन्छ । ढिलै गरेर भए पनि नयाँ वर्षको पात्रो विमोचनदेखि महिला पत्रकारहरुलाई सम्मान, स्वास्थ्य सामग्री वितरण र रत्तदान आदि उसका यतिबेलै सञ्चालित राजनीतिक सामाजिक गतिविधि हुन् ।

...
समाजसेवी वा राजनीतिककर्मीका अगाडि एउटा अहं प्रश्न उठेको छ– कोरोना भन्दै बसिरहने कि समाज व्यवस्थापनमा राजनीतिक क्रियाशीलता पनि बढाउने ? गर्ने भए कसरी ?

यही प्रश्नको एउटा उदाहरण हुन सक्छ काश्कीको फाउन्डेसनका गतिविधि शैली । सामाजिक सम्बन्धको भौतिक दूरि कायम गरेरै कसरी सामाजिक गतिविधि गर्ने भन्ने बारे विभिन्न प्रदेशमा प्रदेश र स्थानीय तहमा विभिन्न वडाहरु समेत यतिबेला यसै गरी काम गर्न व्यस्त छ । अब यो व्यस्तता अभ्यस्ततामा परिवर्तन गर्न जरुरी देखिएको छ । 

किनकि राजनीतिक सामाजिक क्रियाशीलता कमजोर बनाएर त समाज चल्दैन । न त राजनीति नै । 

यही बिचमा मदन भण्डारी फाउण्डेसन कास्कीले १८ औं कृष्ण सेन स्मृती दिवसको अवसर पारेर संञ्चारिका समूह कास्कीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष माधव बास्तोलाले कास्कीमा  कार्यरत २५ जना महिला पत्रकारहरुलाई कोरोनाबाट सुरक्षित रहन भन्दै मास्क, पन्जा, सेनिटाइजर जस्ता सामाग्री वितरण गरेका हुन् ।

कोरोना महामारीका बेला अघिल्लो मोर्चामा उभिएर काम गर्नेहरुमा स्वास्थ्य कर्मी, सुरक्षाकर्मी र सञ्चाकरर्मी नै देखिएका छन् । र, यिनीहरुले ज्यानको जोखिम मोलेर काम गरिरहेका पनि छन् । 

‘कोरोनाबारे स्थानीय तहसम्म भएका गतिविधिहरु समाज समक्ष ल्याउने पंक्ति भनेकै पत्रकारहरु हुन्,’ स्वास्थ्य सामग्री सञ्चारिका अध्यक्ष स्मिता अधिकारी मार्फत् हस्तान्तरण गर्दै अध्यक्ष बास्तोलाले भने, ‘सञ्चारकर्मी सूचना सम्प्रेषण गरी समाजलाई सचेत पार्ने अग्रणी मोर्चा हो, सरकारले पनि सञ्चारकर्मीहरुको स्वास्थ्य बिमा जस्ता कार्यक्रम सोचिरहेका बेला हामीले पनि स्थानीय तहमा यो पंत्तिलाई रक्षा गर्नेबारे सोच्नु पर्छ भनेर यो स्वास्थ्य सामग्री वितरण गरिएको हो ।’

कार्यक्रममा नेकपाका प्रदेश कमिटिका कार्यालय सदस्य पुण्य पौडेल, प्रदेश कमिटीका सदस्य एवं फाउन्डेसन सल्लाहकार दिलीप विक्रम शाही, प्रेस संगठना सहसंयोजक त्रिभुवन पौडेल आदि सहभागी थिए ।

त्यस्तै, नेकपाका जिल्ला कमिटिका सचिवालय सदस्य एव फाउन्डेसन सल्लाहकार तेजनारायण अधिकारी, जिल्ला सदस्य बलराम अधिकारी, नेकपाका जिल्ला कमिटी सदस्य तथा फाउन्डेसनका जिल्ला सदस्य हिरा गिरी, फाउडेसनका जिल्ला सदस्य देवेन्द्र बास्तोलाहरु सहभागी थिए । 

कार्यक्रममा करिब ३ दर्जन बढी सञ्चारिक समूह मार्फत् सक्रिय महिला सञ्चारकर्मीहरु उपस्थिति रहेको थियो । 

०००



प्रकाशित: २०७७ जेठ १६
May 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार