नेपाली समय: ०४:३१:१६ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

सहकारी शिक्षाको लागि पाठ्यक्रम विकास गर्न अन्तर्राष्ट्रिय वैठक नेपालमा

निर्माण सञ्चार, १२ मंसिर । नेपालका विद्यालय तहदेखि बिश्वविद्यालय तहसम्म सहकारी शिक्षाको पाठ्यक्रमको विकास गर्ने उद्देश्यले नेपालमा राष्ट्रिय सहकारी विकास बोर्ड सहित अन्तर्राष्ट्रिय सहकारी संस्था ICEI and ICA-AP को सम्मेलन भएको छ ।

सहकारी शिक्षाको लागि पाठ्यक्रम विकास सम्मेलन गत मंगलबार ललितपुरमा सम्पन्न भएको हो । नेपालका विद्यालयतहदेखि उच्च तहसम्मका शिक्षामा सहकारी पाठ्यक्रम लागू गर्नमा आफ्नो सहयोग रहिरहने सहयोगी संस्थाले बताएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारी पाठ्यक्रम निर्माण समेत गर्ने कार्यमा व्यवस्थित गरेर अन्तर्राष्ट्रिय स्तरको बैठक समेत सोही सेमिनारमा सम्पन्न भएको जानकारी दिए ।  उनका अनुसार सहकारीको अन्तराष्टिय शिक्षा सम्बन्धी सस्थाको बैठक नेपालमा सम्पन्न हुनु सहकारी अभियान र नेपालकै लागि गौरवको विषय हो ।
  
जापान, भारत, मलेसिया, फिलिपिन्स, र नेपालको सक्रिय सहभागितामा भएको हो । नेपालको तर्फबाट सहकारी विभागका रजिस्टर टोकराज पाण्डेले नेपालको सहकारी विकास, सहकारी महासंघका कार्यकारी व्यवस्थापक बबुल खनालले सहारी पाठ्यक्रमको आवश्यकता, ध्येय र नेपालको वर्तमान अवस्थाबारे धारणा राखेका थिए ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय सरस्वती क्याम्पसका प्रोफेसर संजय आचार्यले सहकारी पाठ्यक्रम उच्च शिक्षा तहमा नेपालको सन्दर्भमा आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।सहकारीका पाठ्यक्रमसम्बन्धमा जापान, भारत, मलेसिया र फिलिपिन्सले आफ्नो देशको अनुभव साटेका थिए ।  

विद्यालयदेखि उच्चतहका शिक्षामा लागु गरिएका पाठ्यक्रम र त्यसले सिर्जना गरेको रोजगारी, उत्पादन, बजारीकरण लगायतका विषयवस्तुमा सहभागीहरुले जानकारी प्राप्त गरेका थिए । राष्ट्रिय सहकारी बैकका अध्यक्ष केबी उप्रेतीले विद्यार्थीमा सहकारीको ज्ञान दिई उत्पादनमा सहभागी गराउने खालको पाठ्यक्रम निर्माणमा सेमिनार फलदायी भएको बताए ।

त्यस्तै नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले नेपालमा पनि विद्यालय शिक्षाको तहबाटै सहकारी शिक्षा लागु हुनु पर्ने बताउँदै कार्यक्रमको सहयोगी अन्तर्राष्ट्रिय उक्त संस्था ICEI and ICA-AP को प्रशंसा गरे ।


सहभागीहरुले नेपालमा अझैसम्म पनि सहककारीको छुट्टै संस्थागत विकास नभइसकेको निष्कर्ष निकालेका छन् । कार्यक्रममा सहआयोजकको रुपमा नेफ्स्कुन, जिल्ला संघ र अन्य विषयगत संघहरु समेत सहभागी थिए ।

०००



प्रकाशित: २०७६ मंसिर १२
November 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार