कास्की-२ मा प्रतिद्वन्द्वी कांग्रेसभन्दा नेकपा दोब्बर मतले अगाडि
पोखरा । शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराई दोब्बर मतान्तरले अघि देखिएकी छन् । प्रतिनिधिसभाको कास्की-क्षेत्र नं २ मा भट्टराईले कांग्रेस उम्मेदवार खेमराज पौडेलकाे भन्दा दोब्बर मतान्तरले अघि देखिएकी हुन् ।
प्राप्त परिणामअनुसार अहिले सम्म नेकपा उम्मेदवार भट्टराईले ६ हजार ७ सय ९९ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९५ मत ल्याएका छन् । गए रातिदेखि सुरु भएको मतगणना जारी छ ।
कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ७१ हजार ८ सय ७१ मतदातामध्ये ६३ दशमलव ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगको कार्यालय कास्कीले जनाएको छ ।
प्रकाशित: २०७६ मंसिर १५
प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019
प्रतिक्रिया दिनुहोस्