नेपाली समय: १०:४४:५९ बिहान
वि.सं २०८३ जेठ ६   बुधवार

कास्की मतगणना अपडेट: नेकपा उम्मेदवार विद्या भट्टराई साढे ८ हजार मतले अगाडि

कास्की । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराई कांग्रेस उम्मेदवार खेमराज पौडेलको भन्दा दोब्बर मतान्तरले अघि देखिएकी छन् ।

प्राप्त परिणामअनुसार अहिले सम्म विद्याले १७ हजार ६ सय ४४ मत पाउँदै गर्दा काँग्रेस उम्मेदवार खेमराज पौडेलले  ९ हजार २ सय २४ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ८ हजार ४ सय २० रहको छ। ११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा नम्बर ३३ र २१ ,२० १५,१६,१७ मतगणना समाप्त भएको छ । गए रातिदेखि सुरु भएको मतगणना जारी छ ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ७१ हजार ८ सय ७१ मतदातामध्ये ६३ दशमलव ४० प्रतिशत मतदान भएको छ । 



प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार